१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

काठमाडौं – स्याङजाको गल्याङ नगरपालिका-१ मालुङ्गाका ३९४ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको चरम अभाव खेपिरहेका मालुङ्गाका स्थानीयवासीले खानेपानीको धारा घरघरमा जडान भएसँगै राहत महसुस गरेका छन् ।

‘मालुङ्गा चिदेपानी खानेपानी योजना’ अन्तर्गत गाउँमा खानेपानी वितरण गरिएको गल्याङ नगरपालिका–१ का वडाध्यक्ष गणेश बस्यालले बताए । ‘साविकको मालुङ्गा गाविसका वडा नम्बर १, २, ३ र ४ मा खानेपानीको निकै समस्या थियो,’ उनले भने, ‘गाउँको पहिलो प्राथमिकतामा परेको खानेपानीको समस्या समाधानका लागि निरन्तरको प्रयासपछि खानेपानीको समस्या हल गर्न सकेका छौँ ।’

तीन वर्षदेखि निर्माण कार्य थालिएको योजना हालै मात्र ७५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको वडाध्यक्ष बस्यालले बताए । राम्दी नजिकै रहेको चिदीपानी मूलबाट झण्डै तीन किलोमिटर दूरीमा पाइपमार्फत कालीगण्डकी नदीको किनार उत्तरबाहिनी (खाडाघाट) मा पानी ल्याइ ट्याङ्कीमा संकलन गरिएको उपभोक्ता समितिका अध्यक्ष नवराज बस्यालले जानकारी दिए ।

बाक्लो बस्ती रहेको मालुङ्गाका स्थानीयवासीले लामो समयदेखि खानेपानीको चरम अभाव झेल्दै आएका थिए । ‘खाडाघाटमा एक लाख लिटरको ट्याङ्की निर्माण गरेका छौं, त्यहाँबाट दुई चरणमा ५२० मिटरमाथि रहेको बजादीमा एक लाख लिटरको ट्याङ्कीमा पानी जम्मा गरी वितरण गरिएको छ,’ उपभोक्ता समितिका अध्यक्ष बस्यालले भने, ‘गाउँभन्दा तल रहेको कालीगण्डकी नदीमा बगेको पानी हेरेर तिर्खा मेटाउनु पर्ने समस्या अब घरमै पानी आएपछि हल भएको छ ।’

खानेपानीको जोहोका लागि दैनिक गाउँभन्दा पर रहेका मूलमा ट्याङ्कर, ट्याक्टर तथा मोटरसाइकलमा पानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता अब हट्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]