०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

नेपाल भाषा क्षेत्रमा सक्रिय रहेका कलाकारहरूबीच फागुन २९ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । ‘एम्स आर्टिस्ट फुटसल’ नाम दिइएको प्रतियोगिता चन्द्रागिरी नगरपालिका–९ स्थित मत्स्य रिक्रिएसन सेन्टरमा हुने जनाएको छ ।

काठमाडौं उपत्यकाभित्रका तिनवटै जिल्लामा सक्रिय कलाकारहरूबीचको भातृत्व विकास गरि सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिताको तयारी थालेको बताइएको छ । प्रतियोगितामा सहभागी हुन कलाकारहरूलाई एम्स इन्टरटेनमेन्टले पत्रकार सम्मेलन गरी सार्वजनिक रूपमा आह्वान गरेको छ । गत माघमा पुनर्गठन गरिएको संस्थाले पहिलो कार्यक्रमको रूपमा फुटसल प्रतियोगिताको तयारी थालेको अध्यक्ष सुरेन्द्र महर्जनले जनाए । कोभिड– १९ को कारणले महिनौंसम्म निष्किक्ररहेको कलाकर्मलाई पुनः सुचारू गर्नमा कलाकारहरूलाई मैत्रीपूर्ण फुटसलले थप प्रोत्साहित गर्ने संस्थाका सचिव राजेन्द्र (राजे किपू) महर्जनले दाबी गरे ।

‘कलाकार राष्ट्रका गर्व तथा सम्पत्ति हुन्, उहाँहरूलाई प्रबद्र्धन र सम्मान गरौं ।’ भन्ने नाराका साथ अघि बढेको संस्थाले केही वर्ष यतादेखि कलाकारहरूको हकहित तथा व्यावसायिक कलाकारिता प्रबद्र्धनमा काम गर्दै आएको छ । संस्थाले यसअघि समस्यामा परेका कलाकारहरूलाई आर्थिक र भौतिक सहयोग गरेको बताइएको छ । त्यस्तै कलाकारहरूको स्वास्थ्यलाई मध्यनजर गरी बागबजारस्थित काठमाडौं अल्ट्रासाउन्ड क्लिनिकको उपचार खर्चमा ३० प्रतिशत आजिवन छुटका लागि सम्झौता गरिसकेको छ ।

फुटसल प्रतियोगिताको समापन कार्यक्रम चैत १४ गते कीर्तिपुरमा हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]