२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

पछिल्लो समय मुस्ताङको घरपझोङमा हिमचितुवाको आतंक बढेको छ। हिमचितुवा दिन दहाडै र रातको समय स्थानीय पशुपालक किसानको गोठमा पसेर भेडा र च्याङ्ग्रा मार्न थालेकोले किसान ठूलो क्षति ब्यहोर्न बाध्य छ्न्।

आइतबार मुस्ताङको घरपझोङ २ मार्फा नजिकैको सामुदायिक थाले वनमा पालन गरिएको च्याङग्रा गोठमा पसेर हिमचितुवाले आक्रमण गर्दा २२ भन्दा बढी चौपाया मरेका छन् भने एक दर्जन बढी बेपत्ता भएका अन्नपूर्ण सरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ। मार्फाका स्थानीय पशुपालक श्यामप्रसाद लालचनको च्याङग्रा गोठमा करिव १ सय बढी च्याङग्रा भएको जानकारी दिए। पीडित किसान लालचनका अनुसार हिम चितुवाले आक्रमण गरी मरेका र बेपत्ता भएका पशुचौपायाबाट करिव ५ लाख क्षति भएको बताएका छन्।

हिमचितुवाको आक्रमणबाट क्षति ब्यहोर्न परेका किसानलाई एक्यापले २० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउने एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए। उनका अनुसार घटना स्थल वरिपरि कुन बन्यजन्तुको आक्रमणबाट मरेको हो भन्ने पत्ता लगाउन क्यामेरा ट्यापिङ गरिएको बताए।मुस्ताङको उच्चलेकमा चरनक्षेत्रमा घाँस पलाउन छोडेपछि लेकमा बस्ने नाउर लगायत बन्यजन्तु तल झर्न थालेका छन्। हिम चितुवा आहाराका लागि पछ्याउँदै बस्तीसम्म आउने गरेको एक्याप प्रमुख दाहालले उल्लेख गरे। चालू आर्थिक वर्षको ६ महिनामा घरपझोङ गापाको वडा १, २, ४ र ५ मा हिम चितुवाले किसानलाई सास्ती दिन थालेको छ। एक साता अघि घरपझोङ ५ ठिनीमा स्थानीयको एक घोडा समेत हिमचितुवाले मारेको थियो।मुस्ताङमा बर्सेनि हिमचुतुवा र मानव द्वन्द बढेको छ। एक्यापको संरक्षित क्षेत्र भएका स्थानीयले वन्यजन्तुको आक्रमण रोक्न असहज भएको बताउँछ्न्। एक्यापले वन्यजन्तुको आक्रमण रोक्न कुनै प्राविधिक उपाय अवलम्बन गर्न नसकेकै कारण किसान मर्कामा मरेका हुन्।

यस्तै मुस्ताङको थासाङ गापाको केही वडामा भालुले स्थानीयले लगाएको अन्नबाली समेतमा क्षति पुर्‍याउने गरेको पाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]