०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

काठमाडौं – बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।

कास्कीको मादी गाउँपालिका ६ का ४५ वर्षीय इन्द्रबहादुर थापालाई बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कमजोर आर्थिक अवस्था भएका अभिभावकहरूका बालबालिकालाई निःशुल्क खान बस्ने व्यवस्था गरी स्कूलमा पढाउने आश्वासन दिएर ल्याएका बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको आरोपमा पक्राउ गरिएको हो । उनलाई वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

बालबालिकालाई हाल सिविन नेपाल संस्थामा राखेर घर, ठेगाना र अभिभावकको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]