१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

नेपालका उद्योगहरुको गुणात्मक विश्लेषण सहितको अध्ययन हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभाग बीच नेपालमा संचालित उत्पादनमुलक उद्योगहरूको गुणात्मक तथा परिमाणात्मक विश्लेषण सहितको अध्ययन गर्नका लागि समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरेका छन् ।
त्यसरी तयार गरिएको डाटावेसको सम्बन्धमा कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासंघ र विभागको स्वामित्वमा हुनेछ । दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगहरूसँग सम्बन्धित तथ्यांक संकलन गर्ने प्रतिवद्धता जनाएका छन् । आपसी सहमती अनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरहरूको खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगहरुको संचालनका क्रममा देखापर्ने समस्या, गुनासालाई दुवै संस्थाको पहलमा संवोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उद्योग व्यवसायको निरन्तर संचालन मार्फत दीगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजनाहरु निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रहरूको पुनस्र्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाहरूका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ । आपसी सहकार्यका लागि पहिचान गरिएका क्षेत्रहरूमा ठोस कार्य गर्न दुवै संस्था बीच विभागको संयोजकत्वमा ६ सदस्यीय एक कार्यदल गठन गर्ने पनि समझदारीपत्रमा उल्लेख गरिएको छ ।

मुलुकभित्र संचालित उद्योग व्यवसायका सम्बन्धमा ठोस र आधारिक तथ्यांक नहुँदा उद्योग व्यवसाय विस्तारमा समेत कठिनाई परिरहेको छ । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्र बीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष गोल्छाले दोहोरो आर्थिक वृद्धि र प्रति वर्ष ४ लाखलाई रोजगारी सृजना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास प्रकट व्यक्त गरे ।

उद्योग विभागका महानिर्देशक भुषालले महासंघसँग अत्यन्त महत्वपूर्ण उद्देश्यका लागि भएको यो समझदारी साँच्नै समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]