
सप्तरी – आफ्नै साथी ३४ वर्षीय कुसुम राईलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा अर्जुनधारा नगरपालिका १० कालीझोरा बस्ने ३३ वर्षीय बसन्त राईलाई प्रहरीले पक्राउ गरेको छ ।
कुसुमको घरमा दुबै जनाले मादक पदार्थ सेवन गरी एक आपसमा सामान्य बादविबाद हुँदा बसन्त राईले दाउ प्रहार गर्दा कुसुम घाइते भएको भए पछि प्रहरीले बसन्तलाई पक्राउ गरेको जनाएको छ । घाइते कुसुमको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।