०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

म्याग्दी – म्याग्दी सदरमुकाम बेनी बजारको सडक मर्मत सुरु गरिएको छ । कालोपत्रे गरिएका बजारका सडकमा खाल्डाखुल्डी पुर्नुका साथै उप्किएको ठाउँमा पुनः कालोपत्रे गर्न लागिएको हो ।

बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने सडकको पुनः कालोपत्रे र खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । वडा नम्बर ८ मा १ सय ६५ मिटर सडकमा १ सय २२ वर्गमिटर प्वाल पुरिएको छ । ८ सय २० स्क्वायर मिटर पिच गरिएको नगरपालिकाका प्राविधिक कुमार थापाले बताए । वडा नम्बर ७ मा १ सय ६५ मिटर दूरीमा २ सय ३० स्क्वायर मिटर ओभरले पिच गरिएको छ । यसअघि गरिएको कालोपत्रे उप्किएको ठाउँमा प्रिमिक्स प्रविधिबाट कालोपत्रे गरिएको हो । सडक कालोपत्रेका लागि वडा नम्बर ७ ले चालू आर्थिक वर्षमा १० लाख र ८ नम्बर वडाले ८ लाख रुपैयाँ विनियोजन गरेका थिए । ठेक्का प्रतिस्पर्धाका क्रममा खुसी होम बिल्डर्सले १४ लाख ८ हजार ८ सय १० रुपैयाँमा ठेक्का लिएका थिए ।

१७ लाख ४६ हजार ८ सय ७१ रुपैयाँ लागत अनुमान गरिएको थियो । ठेक्का लगाइसकेपछि केही ठाउँमा सडक मर्मतका लागि बजेटले अपुग भएपछि वडा नम्बर ७ र ८ ले अन्य योजनाबाट काटेर ५ लाख रुपैयाँ विनियोजन गरेका थिए । पछिल्लो ५ लाख रुपैयाँ बजेटको कोटेसनको माध्यमबाट कालोपत्रेका काम गराइएको छ । पिच उप्किएर खाल्डाखुल्डी परेको, धुलो उड्न थालेको र दुर्घटनाको जोखिमका साथै साउजाउमा समस्या भएको थियो ।

सडक मर्मतपछि आउजाउ सहज हुने, धुलो नउड्ने र दुर्घटनाको जोखिम पनि घट्ने बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]