१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

आइतबार १८ जना प्रदर्शनकारीको मृत्यु ।

एक महिनाअघि म्यानमारमा भएको सैन्य ‘कू’ पछिकै सबैभन्दा हिंसात्मक दिन बनेको आइतबार १८ जना प्रदर्शनकारीले ज्यान गुमाए । तर, एक दिनपछि प्रदर्शनकारीहरू सोमबार पुनः सडकमा प्रदर्शनमा उत्रिएका छन् ।आइतबार देशका विभिन्न भागमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । आङ सान सुचीको सरकारलाई पुनःस्थापना गर्नु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएकाहरु माथि याङगनमा प्रहरीले गोली नै बर्साएको थियो । सोमबार यङगनमा प्रहरीले प्रदर्शनको केन्द्र बनेका स्थानहरुमा पानीको फोहरा फाल्ने गाडीदेखि बख्तरबन्द सैन्य गाडी परिचालन गरिएको छ ।

प्रदर्शनकारीहरूले उत्तरपूर्वी म्यानमारको केलमा सुचीको तस्विरहरू लिएर मार्चमा उत्रिएका छन् । उनीहरुको प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन् । सामाजिक सञ्जालमा लाइभ गरिएको भिडियोमा लासियोमा सानो संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएको देखिएको थियो । ‘कू को एक महिना पुगेको छ । उनीहरुले हामीमाथि गोली बर्साएर हिजो दमन गरे । आज हामी पुनः सडकमा उत्रन्छौं,’ प्रदर्शनको नेतृत्व गरिरहेका नेता ई थिन्जार मुआङे फेसबुकमा भनेका छन् ।सुची र नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अधिकांश नेतृत्वलाई हिरासतमा लिँदै सेनाले गत फेब्रुअरी १ मा शासन सत्ता हातमा लिएको थियो ।

गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले ठूलो जीन हासिल गरेपछि धाँधली गरेर चुनाव जितेको सेनाले आरोप लगाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]