०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

राजस्व अनुसन्धान विभागले ४१ करोड १७ लाख रुपैयाँ राजस्व चुहावट गरेको भन्दै चारजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले मोरङका तीन र वीरगन्जका एक व्यवसायीले राजस्व चुहावट गरेको भन्दै छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिल प्रालिका मुख्य कारोबारी सुरेशकुमार राठी, सञ्चालक सुमन राठी र प्रबन्धक गिरधरीलाल अग्रवालले राजस्व चुहावट गरेको भन्दै १५ करोड ३६ लाख ६३ हजार रुपैयाँ बिगो जरिवाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो । उनीहरूले वास्तविक बिक्री आम्दानीभन्दा घटी देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको विभागले जनाएको छ ।

त्यस्तै, विभागले वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन ट्रेडर्स प्रालिका सञ्चालक तथा प्रोपाइटर रजनीशकुमार गुप्ताले राजस्व चुहावट गरेको अभियोगमा २५ करोड ८० लाख ६५ हजार रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

गुप्ताले भन्सार चोरी–पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसुर गरेको देखिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]