२५ फाल्गुण २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण १७, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि राजनीतिक रूपमा विभाजित नेकपा कानुनी रूपमा विभाजन नहुँदा समस्या परेको छ।

संसद्मा अविश्वासको प्रस्ताव ल्याउनेदेखि ओलीलाई संसदीय दलको नेताबाट हटाउन दाहाल–नेपाल समूहलाई समस्या भएको छ भने संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएपछि दाहाल–नेपाल समूहले फ्लोर क्रस गरेमा कारबाही गर्न समस्या भएको छ।फ्लोर क्रस गर्ने सांसदहरूलाई कारबाही गर्ने पार्टीको केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुपर्ने भएकाले दाहाल–नेपाल समूहका सदस्यहरूलाई कारबाही गर्न ओली समूहलाई अप्ठेरो छ। नेकपा राजनीतिक रूपमा विभाजन भए पनि कानुनी रूपमा विभाजन हुन कठिनाइ भएपछि प्रधानमन्त्रीलाई हटाउन संसद्मै अविश्वासको प्रस्ताव लैजानुपर्ने भएको छ। नेकपा संसदीय दलका नेता ओली र उपनेता सुवास नेम्वाङ भएकाले दुवैले तत्काल संसदीय दलको बैठक बोलाउन चाहेका छैनन्। दलका नेता एवं उपनेताले संसदीय दलको बैठक नबोलाउँदासम्म बैठक बस्न सक्ने अवस्था छैन।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को व्यवस्थाले नेकपा विभाजन हुन कानुनी रूपमा कठिन भएको छ। सो ऐनको दफा ३३ को उपदफा ३ मा निर्वाचन आयोगको मान्यता प्राप्त गरेको मितिदेखि पाँच वर्षसम्म त्यस्तो दलबाट छुट्टिएर अर्को दल गठन हुन सक्नेछैन भन्ने उल्लेख रहेका कारण नेकपा कानुनी रूपमा विभाजन हुन कठिन भएको छ। तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र २०७५ जेठ ३ गते एकीकरणको घोषणा गरेका कारण एकीकरण भएको पाँच वर्ष नपुगेपछि उनीहरूका लागि विधिवत् रूपमा विभाजन भएको घोषणा गर्न सकेका छैनन्। यतिबेला सत्तारूढ दल नेकपालाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्कोतर्फ पुष्पकमल दाहाल तथा माधव नेपालले नेतृत्व गरिरहेका छन्।एकीकरण भएको साढे दुई वर्षमै नेकपा राजनीतिक रूपमा विभाजन भएको हो। पार्टीको कार्यक्रम, बैठक, भेला र सभा अलगअलग गर्दै आएका दुवै समूहले पार्टी विभाजन नभएको दाबी गरिरहेका छन्। दाहाल–नेपाल समूहले आफूहरूसँग बहुमत केन्द्रीय सदस्य रहेका कारण संस्थापन पक्ष भएको दाबी गरेको छ। उता ओली समूहले पनि आफूहरू नै मूलधार रहेको दाबी गरिरहेका छन्। प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौती दिइरहेका बेला दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं प्रभावशाली नेता भीम रावलले ह्विप जारी गरेर कारबाही गर्न नसक्ने बताएका छन्।

उनले सबै प्रक्रिया संसद्बाटै हुने बताउँदै ह्विप लगाउँदा कारबाही गरिन्छ भन्ने कुरा झुटो भएको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]