०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

काठमाडौँ – कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा बसेका बादी समुदायमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

एकसाता देखि आन्दोलनमा उत्रेका आन्दोलनकारीहरू माग पूरा गराउन नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय छिर्न खोजेपछि झडपको स्थिति सिर्जना भएको हो । बादी संघर्ष समितिका संयोजक हिक्मत बादी शान्तिपूर्ण आन्दोलनमा प्रहरीले लाठीचार्ज गरेको आरोप लगाएका छन् । प्रहरीको लाठी प्रहारबाट हिक्मत वादी, जानकी वादी, गगन वादी, करण वादी र मानकुमारी वादी घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने प्रहरीले लाठी प्रहार नगरेको बताएको छ। शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको र थप आन्दोलन थप चर्काउँदै लैजाने उनीहरूले बताएका छन् ।

शनिबारसम्म शान्तिपूर्ण रूपमा धर्नामा बसेका वादी समुदायले आइतबार नाराजुलुससहित आन्दोलन गरेका थिए। घरसहितको खेतीयोग्य जमिन माग गर्दै सात दिनदेखि दैलेख, कालिकोट र सुर्खेतका ४०० बढी वादी समुदायका मानिस कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]