१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

सप्तरी – सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनःस्थापनाको काम सुरु गरिएको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुन:स्थापनाको काम संयुक्त रुपमा भूमि पूजन गरेर थालेका हुन्।

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले ५.८ अर्ब आर्थिक सहयोग प्रतिवद्धता जनाएको थियो। त्यही आर्थिक सहयोग अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सांस्कृतिक सम्पदामध्ये यो पहिलो परियोजना हो।

यी सबै २८ सांस्कृतिक सम्पदा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन्। सन् २०१७ अगस्टमा यी क्षेत्रहरुको पुनर्निर्माणका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

नेपालको प्राचीन स्मारक संरक्षण ऐनले निर्धारण गरेको मापदण्ड अनुरुप पुन:स्थापना कार्य गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले निकायको पहिचान गरिरहेको छ। केन्द्रीय आयोजना इकाई (भवन) यी परियोजनाहरुको कार्यान्वयन इकाई हो।

२०७२ सालको भूकम्पले क्षति गरेका सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा पुन:स्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुन:स्थापना हुनेछ।
यी सम्पदाहरूको पुनर्निर्माण गर्ने क्रममा यसको मौलिकता, परम्परागत महत्व, स्थानीय परम्परा, मूल्य र मान्यतालाई ध्यानमा राख्दै प्राचीन सामग्रीहरुको यथासक्य प्रयोग गरिने बताइएको छ। मन्दिरको साज सज्जा तथा काष्ठ कला सम्बन्धी काम बिग्रिन नदिन विशेष ध्यान पुर्‍याइने पुन:निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले बताए।

नेपाल सरकारले अनुमोदन गरेको विस्तृत परियोजना प्रतिवेदन अनुसार संरक्षण तथा पुनःस्थापनामा इन्डियन नेशनल ट्रस्ट फर कल्चरल हेरिटेजले प्राविधिक सहयोग गर्ने भएको छ।

२०७२ सालको भूकम्पले क्षतिग्रस्त यो मन्दिर १० औं शताब्दीमा मल्ल युगमा निर्माण गरिएको विश्वास छ। काठमाडौं उपत्यकाको संरक्षक देवता मानिने र काठमाडौं शहरको मुटुमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरलाई दुवै हिन्दू र बौद्ध धर्मावलम्बीहरुले उही आस्थाका साथ पूजा गर्छन् ।

यी जीवित साँस्कृतिक सम्पदाहरूको परम्परागत गौरव गाथालाई संरक्षण गर्न यी क्षेत्रहरुको संरक्षण एवम् पुनर्निर्माणमा नेपाल सरकारसँग आबद्ध हुन पाउँदा खुसी लागेको प्रतिक्रिया भारतीय राजदूत क्वात्राले दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]