१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँमा पहिलो पटक बस पुगेपछि स्थानीयवासीले पञ्चेबाजा बजाएर नाचगान गरेका छन् ।

साम्नेगाउँको छेँडापोखरीमा पहिलो पटक लु २ ख ४९३२ नम्बरको बस पुगेपछि स्थानीयले चालक र सहचालकलाई बाजागाजासहित फूलमाला र अबिरले स्वागत गरेका हुन् । स्थानीयले २०६१ सालमा कोदालोले खनेर निर्माण गरेको ट्राकमा जीपसेवा सञ्चालन भएको १५ वर्षपछि बस पुगेको हो । बसकाे सुविधा भएसँगै डाँडा-धापखोला-छेँडापोखरी-बगैंचा-साम्नेगाउँ-ओखटे र प्युठानको मल्लरानी गाउँपालिका वडा नम्बर-२ का सिउते-सिउडेनी-बाख्खाशका स्थानीयवासी लाभान्वित हुने भएका छन् ।

भूमिकास्थान नगरपालिका-२ का वडाअध्यक्ष बुद्धि थापाले रिबन काटेर बस सञ्चालनको उद्घाटन गर्नु भएको थियो । थापाले नियमित बस सञ्चालनका लागि पहल गर्ने बताउँदै प्रदेश सरकार र पालिकाको सहयोगमा बस सञ्चालनमा आएको जानकारी दिनुभयो ।

साथै, नगरपालिका-१ का वडा अध्यक्ष भोजराज खनालले वडास्तरबाट बजेट विनियोजन गरी सडककाे नाली कटानलगायतका कामको स्तरोन्नति गरिने बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]