१७ मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

शनिबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले उनको प्रशासनले साउदी अरबको विषयमा सोमबार एउटा घोषणा गर्ने बताएका छन् ।

पत्रकार जमाल खग्गोसी हत्या मामिलामा अमेरिकी गुप्तचर विभागको सनसनीपूर्ण रिपोर्टपछि सबैको नजर बाइडेनको घोषणामाथि अडिएको छ ।यसको विषयमा बाइडेन प्रशासनले केही तप्कामा आलोचना पनि सामना गर्नुपरेको छ । अमेरिकी पत्रिका ‘वासिङ्टन पोस्ट’ को एउटा सम्पादकीयमा पनि राष्ट्रपतिले साउदी अरबका युवराजको विषयमा कडा व्यवहार अपनाउनुपर्दथ्यो भन्ने धारणा पोखेको छ ।नयाँ अमेरिकी प्रशासनमा युवराजमाथि खग्गोसीको हत्याको मञ्जुरी दिएको आरोपबीच पनि प्रतिबन्ध लगाइएन ।

राष्ट्रपति बाइडेनलाई युवराज मोहम्मद बिन सलमानलाई सजाय दिनेबारे प्रश्न सोध्दा जवाफमा उनले भने, ‘साउदी अरबमाथि हामीले के गर्दैछौं भनेर सोमबार घोषणा हुनेछ ।’यसबारे ह्वाइट हाउसले खासै जानकारी दिएको छैन । तर समाचार एजेन्सी रोयटर्सका अनुसार ह्वाइट हाउसका एक अधिकारीका अनुसार कुनै ठूलै कदम उठाउने सम्भावना भने छैन ।यी अधिकारीले भने, ‘प्रशासनले शुक्रबार थुप्रै नयाँ कदम उठायो । राष्ट्रपतिले बताउन चाहिरहेका छन् कि विदेश मन्त्रालयले तिनै घोषणाको विषयमा अधिक र विस्तारपूर्वक जानकारी दिनेछ । कुनै नयाँ घोषणा हुनेछैन ।’खग्गोसी आफ्नो देश साउदी अबर छोडेर अमेरिकामा बसिरहेका थिए र वासिङ्टन पोस्टमा एमबीएसका नीतिको आलोचना गर्दै आफ्नो धारणा व्यक्त गर्दथे ।

सन् २०१८ मा टर्कीको इस्तानबुलमा साउदी उच्चायोगमा साउदी एजेन्टले उनको हत्या गरिदिए र उनको शवलाई टुक्राटुक्रा पारे ।साउदी सरकारले यसमा युवराजको संलग्नता अस्विकार गर्दै शुक्रबार एक बयान जारी गर्दै अमेरिकी रिपोर्टको खोजलाई अस्विकार गरिदियो र आफ्नो पुरानो बयान दोहोराउँदै खग्गोसीको हत्या दुष्ट समूहद्वारा गरिएको एक जघन्य अपराध भएको बतायो ।अमेरिकाले शुक्रबार जुन कदम उठायो, त्यसमा खग्गोसीको हत्यामा संलग्न मानिएका केही साउदी नागरिकमाथि भिसा प्रतिबन्ध र अन्य प्रतिबन्ध लगाइयो ।

यसमा एक गुप्तचर विभागका पूर्व उप–प्रमुख पनि समावेश छन् । उनको अमेरिकाको सम्पत्ति फ्रिज गरिनेछ र कोही पनि अमेरिकी नागरिकले उनीसँग केही पनि काम गर्ने छैनन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]