१७ मंसिर २०८०, आइतबार
wait Please...
सप्तरीमा बलात्कारको पनि बद्ला

पक्राउ गरेर लाँदै इलाका प्रहरी कार्यालय कञ्चनरुपको भ्यान । तस्बिर : मनोहर पोखरेल

KChhaKhabar

आइतबार, कार्तिक ०९, २०७७

सप्तरी – बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास भएको आरोपमा सप्तरीमा दुई आरोपित पक्राउ परेका छन् ।

बलात्कार प्रयासको आरोपमा ५२ वर्षीय र ४८ वर्षीय दाजुभाइ पक्राउ परेको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

कारागारमा थुनामा परेका आरोपितले भदौ १ गते ११ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोप छ । उनी घटनाको दुई सातापछि कञ्चनरुप नगरपालिका–२ बाट पक्राउ परेका थिए ।
संयोग के छ भने हाल पक्राउ परेका ५२ र ४८ वर्षीय दाजुभाइ तीनै सुस्त मनस्थितिकी बालिकाका बुवा र काका हुन् । दुबै मुद्दा इलाका प्रहरी कार्यालय कञ्चनरुपले चलाएको छ ।

बालिका पीडित भएको उजुरीमा सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला बत्ती गएको मौका छोपी आरोपितले भदौ १ गते राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिएर टोलभन्दा करिब चार सय मिटर टाढा धान खेतमा लगेर बलात्कार गरेको उल्लेख छ ।

अहिले तीनै थुनामा परेको आरोपितकी श्रीमती पीडित भएको उजुरीमा आरोपित दाजुभाइले असोज ३० गते बिहान ‘मर्निङ्ग वाक’मा निस्किएका बेला घरदेखि तीन सय मिटर उत्तर परालको टाढ भएको बारीमा एक्लै भएको मौका छोपी नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]