०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

युवा स्टार केलियन एम्बाप्पेको दुई गोलको सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ ।

साविक विजेता पीएसजीले शनिबार राति भएको खेलमा डिजोनलाई ४–० ले पराजित गरेको हो । डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले दुई तथा मोइस किन र डानिलो पेरेइराले एक/एक गोल गरे ।मोइसले खेलको छैटौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ३२औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ५१औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले ३–० को अग्रता बनायो । डानिलोले ८२औँ मिनेटमा गोल गर्दा पीएसजी ४–० ले विजयी भयो ।

जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ । पीएसजीले २७ खेलबाट ५७ अंक जोडेको छ । शीर्ष स्थानको लिलको ५८ अंक रहेको छ । पराजित डिजोन १५ अंकसहित पुछारमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]