२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण १६, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विश्वासको मत लिन तयार भएको तर पदबाट राजीनामा दिने अवस्थामा नरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग विश्वासको मतसहित विभिन्न विकल्पमा लगातार छलफल गरिएको एक नेताले जानकारी दिए “प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन्छु भन्न पाउनुहुन्छ,” ती नेताले बाह्रखरीसँग कुरा गर्दै भने, “संविधानको धारा १०० मा विश्वासको मत सम्बन्धी व्यवस्था गरिएको छ ।”

संविधानको धारा १०० को (१) मा भनिएको छ–प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्नेछ ।”उपधारा (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ ।प्रधानमन्त्री निकट ती नेताका अनुसार संसद् अधिवेशन सुरु भएको एक महिनामा ‘मैले विश्वासको मत लिन्छु’ भनेर प्रधानमन्त्रीले भनेमा पाउने जिकिर गरे ।

उनका अनुसार अझ दल विभाजनको अवस्थाको टुंगो नलाग्दासम्म विश्वासको मत लिन्छु भन्नुपर्ने अवस्था पनि नरहेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]