काठमाडौं –अभिनेत्री मनीषा कोइरालाले एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकी छिन् । उनले एमबीए गरिरहेकी एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकी हुन् ।
ग्लोबल इन्टरनेसनल कलेजमा अध्यानरत पालिष्ठा प्रजापतिलाई उनले छात्रवृत्ति प्रदान गरेकी छिन् । क्यान्सर शिक्षा कोष (एमकेसीईएफ) अन्तर्गत शुक्रवार छात्रवृत्ति प्रदान गरिएको हो ।