०७ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, साउन १४, २०७७

विराटनगर । विराटनगरमा बिहीबार (भोलि) देखि हिंडडुल र यातायातका साधन सञ्चालनमा कडाइ गरिने भएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति मोरङको बुधवार बसेको बैठकले सडकमा भिडभाड गर्न नदिइने निर्णय गरेको हो ।

नगरवासीलाई मास्कको प्रयोगलाई अनिवार्य गराउने र नगरेको खण्डमा जरिवाना तिराउनेसम्मको निर्णय बैठकले गरेको छ ।
अटो तथा सिटी रिक्सामा एकलाइनमा एकजनामात्रै यात्रु बोक्न पाउने, निजी प्लेटका सवारी साधनले सिटमा दुरी कायम गर्नुपर्ने, नगरे जरिवाना गर्ने निर्णय गरिएको छ ।

लकडाउनको पूर्वतयारीका लागि पहिलो चरणमा स्वास्थ्य, सुरक्षा र यातायात मापदण्ड कार्यन्वयन अनिवार्य गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आयोजित बैठकमा लकडाउन गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भएपनि निर्णय गरिएको छैन । पहिलो चरणमा कडाई गर्ने र संक्रमितको संख्या थपिदैं गएको अवस्थामा मात्रै लकडाउनमा जाने छलफल भएको थियो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले तुरुन्तै लकडाउन गर्नुपूर्व अन्य क्षेत्रमा कडाइ गर्ने निर्णय गरिएको बताउनुभयो । अवस्था हेरेर विस्तारै निर्णय लिइने उहाँको भनाई छ ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगरस्तरीय सीसीएमसीको बैठक राखेर निष्कर्ष निकालिने बताउनु भएको छ । संक्रमण समुदायस्तरमा विस्तार भएका कारण लकडाउन गर्नुपर्ने बाध्यात्मक स्थिति सिर्जना हुँदै गएको बताइएको छ ।

बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, उद्योग वाणिज्य संघ, रेडक्रस, जनस्वास्थ्य, स्थानीय निकायका प्रमुखहरु पदाधिकारी र प्रतिनिधिहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]