१० बैशाख २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

सुर्खेतको वीरेन्द्रनगरमा रहेको एक क्याम्पसले साइकल चढेर पढ्न आउने विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा गरेको छ ।

साइकलको प्रयोग बढाएर सडक दुर्घटना न्यूनीकरण तथा वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यका साथ वीरेन्द्रनगर–६ स्थित सिद्धपाइला क्याम्पसले यस्तो घोषणा गरेको हो । जस अन्तर्गत हरेक दिन साइकल चढेर क्याम्पस आउने विद्यार्थीले मासिक शुल्कमा २५ प्रतिशत छुट पाउनेछन् । क्याम्पसका विद्यार्थीबाटै वातावरणीय पर्यावरण तथा दुर्घटना न्यूनीकरण हुने अपेक्षासहित छात्रवृत्ति दिने घोषणा गरेको क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले बताए । बिबिएस कार्यक्रम अन्तर्गत ४७० जना विद्यार्थी रहेको क्याम्पसमा हाल न्यून मात्रामा विद्यार्थीले साइकल लिएर आउने गरेका छन् । त्यसलाई बढाउनका लागि विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषण गरिएको क्याम्पस प्रमुख सुवेदीको भनाइ छ ।

‘म आफैं पनि साइक्लिङ गर्छु, यसलाई क्याम्पससँग जोडेर अघि बढाउन खोजेका छौँ,’ उनले भने, ‘आज भौगोलिक रूपमा टाढा रहेका विद्यार्थीहरू दैनिक अटो रिक्सामा एक सय रुपैयाँ खर्च गरिरहेका छन् । यदि साइकलको प्रयोग गरे भने दैनिक त्यो बचत हुन्छ । दुर्घटना न्यूनीकरण सँगै वातावरणीय प्रदूषण पनि कम हुन्छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]