१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७
Sorry No Photo is selected hare

यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ ।

मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर दिवसका अवसरमा अगामी शनिबारदेखि सो महोत्सव आयोजना गर्न लागेको हो । प्रदर्शनी कक्ष , खेलकूदको मैदान र मञ्च निर्माण लगभग पूरा भएको आयोजकले जनाइएका छन् । क्लबका अध्यक्ष कृष्ण पुनले महोत्सवमा २०० प्रदर्शनी कक्ष बुकिङ भएको जानकारी दिए । खुला पुरुष भलिबलमा १० देखि १२ टोली आउने अनुमान गरिएको उनले बताए । मगरहरुको सांस्कृतिक नृत्यका चार टोली र विद्यालयस्तरीय प्रतियोगितामा १० टोली सहभागिताका लागि दर्ता भएको उनले जानकारी दिए ।

कार्यक्रमस्थलमा सुरक्षाका लागि आठ वटा सिसी क्यामेरा जडान गरिएको छ । कोभिडका कारण मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ । महोत्सवस्थलमा हातधुन पानी र साबुनको व्यवस्था गरिने भएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई रु ८० को टिकट काट्नुपर्ने भएको छ । यस्तै बाल उद्यान, रमाइलो खेलसहित अन्य रोचक कार्यक्रम पनि सञ्चालन हुने भएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति महोत्सवका आकर्षण हुन् । स्थानीय खानाका परिकार खुवाउने गरी खानाको प्रदर्शनी कक्षसमेत आयोजकले राख्ने भएको छ । महोत्सवमा भीडभीड हुने भएकाले अलग्गै पार्किङ व्यवस्थापन हुने भएको छ ।

स्थानीय उत्पादनको बिक्री वितरण, प्रवरेद्धन र प्रचारप्रसारमा पनि मगर महोत्सव सफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]