१६ बैशाख २०८२, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

मुम्बई – भारतीय कमेडियन कपिल शर्माले सन् २०१७ मा राजीव ढींगराको फिल्म ‘फिरंगी’मा अभिनय गरेका थिए । यो फिल्ममा उनले प्रहरी बन्न प्रयासरत एक युवाको भूमिकामा अभिनय गरेका थिए ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार यिनै निर्देशक राजीव अर्को नयाँ फिल्म बनाउदैछन् । जुन फिल्ममा कपिल नभई कपिलका सहकर्मी तथा मिल्ने साथी चन्दन प्रभाकरले अभिनय गर्दैछन् ।‘फिल्ममा चन्दनले कमिक भिलेनको भूमिका निभाउनेछन् र बिन्नू ढिल्लों फिल्ममा प्रमुख भूमिकामा देखिनेछन्’, राजीवले भनेका छन् । राजीवले फिल्ममा चन्दन एक पानी माफियाको भूमिकामा देखिने बताए । जो हरेक समय आफ्नो समूहसँग बसेका हुन्छन् ।चन्दनले फिल्मको कथा मनपरेको बताए । ‘म जहिल्यै अलिक फरक चरित्र निभाउन चाहन्थें । फिल्मको कथाबस्तु सुनेपछि काम गर्न सहमत जनाएँ’, चन्दनले भने । कपिल, राजीव र चन्दन नौं कक्षाबाट साथी बनेका हुन् ।‘हामी एकै सहर र एकै स्कुलका विद्यार्थी हौं । कपिल र म ९एमा थियौं । जबकि चन्दन ९बीमा थिए । हामीले एकै थिएटरमा सहकार्य गर्यौ । त्यसपछि म ‘द ग्रेट इण्डियन लाफ्टर च्यालेन्ज’सँग जोडिएँ ।’ राजीवले भनेका छन् ।

फिल्मको नाम ‘होटल प्यासा’ राखिएको छ । फिल्ममा राजीव, नितिन केनी, नवीन चन्द्र र शान्ति भूषण रोयको लगानी हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]