१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

डोटी – जंगलमा लागेको आगो निभाउन खोज्दा जलेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका ७ बयरकोट घर भएका ६५ वर्षीय लक्षुवा भुलको आगो निभाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

सोही गाउँमा रहेको सिल्य खोला डाँडाको जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार बेलुका घाइते भएका भुललाई उपचारको लागि सुजङ अस्पताल राजपुरमा लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा समेत जलेको अवस्थामा थियो।

मृतक भुललाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]