
काठमाडौं – महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई जारी गरेको सेयर शुक्रबार बिहान बाँडफाँट गरेको छ।
३ लाख ७५ हजार आवेदनमध्य कम्पनीले गोलाप्रथाको माध्यमबाट ३७ हजार ५०० जनालाई सेयर बाँडफाँट गरेको हो। उनीहरुले १० कित्ताका दरले सेयर पाएका हुन्। सीडीएससीले सञ्चार माध्यमहरुलाई नतिजाको विवरण उपलब्ध नगराउने भएपछि सर्वसाधारणलाई सेयर पर्यो÷परेन भनेर झट्ट हेर्न सकस भएको छ।कम्पनीको सेयरमा २ करोड ३७ लाख ४७५९० कित्ताका लागि माग भएको थियो। कम्पनीले ५४ हजार ९६० कित्ता दोहोरो आवेदनका कारण रद्द भएको जनाएको छ।
यसबाहेक २ करोड ३६ लाख ९२ हजार ६३० कित्ता सदर माग भएको थियो। कम्पनीले ४ करोड रुपैयाँको सेयर निष्कासन गरेको थियो।