२९ कार्तिक २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण १४, २०७७

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरीस्थित गुम्बाडाँडामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा हेटौंडा–१२ स्थित गोठेदमारका अन्दाजी ४० वर्षीय केशव विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गुप्तेश्वरी सामुदायिक वन क्षेत्रमा बिहीबार राति करिब ९ बजेको समयमा विकको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो ।शव फेलापरे लगत्तै स्थानीयहरुले प्रहरीलाई खबर गरेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले बताए ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले विकको शव फेला परेको भन्ने खबर पाएलगत्तै सो क्षेत्रमा प्रहरी टोली पुगेको र प्रारम्भिक अनुसन्धानका आधारमा भिरबाट लडेर विकको मृत्यु भएको हुनसक्ने निष्कर्ष निकालिएको छ ।

प्रवक्ता रानाका अनुसार, मृतक विकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]