०७ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, साउन १४, २०७७

२०७७ श्रावण १४ बुधबार
काठमाडौं – नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मृत्यु भएको हो।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मोरङका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। गम्भिर अवस्थामा प्रतिष्ठानमा बुधबार दिउसो पुर्‍याइएका ती संक्रमित पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उपचारका क्रममा उनको दिउसो ४ बजेर ४५ मिनेटमा मृत्यु भएको डा सापकोटाले जानकारी दिए।

संक्रमित ती पुरुषलाई विराटनगरको कोभिड अस्पतालले कुनै समन्वय समेत नगरी चालकको भरमा पठाएको थियो। प्रतिष्ठानले समन्वय नगरी संक्रमितलाई पठाएको भन्दै दुख व्यक्त समेत गरेको छ।

बुधबार नै वीरगञ्जमा दुई जना संक्रमितको मृत्यु भएको थियो। आजका तीन जनासहित नेपालमा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

वीरगञ्ज रोधमाई वडा नं ७ का ६८ वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। निमोनिया भएपछि उनी साउन ८ गते भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले बताए ।

उनका अनुसार उनी मुटुका रोगी थिए। उनको बुधबार बिहान पौने ११ बजे मृत्यु भएको हो।

यस्तै, नेशनल मेडिकल कलेजमा उपचाररत वीरगञ्जका ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। झाडापखालाको समस्या देखिएपनि उनी उपचारका लागि गएराति अस्पताल भर्ना भएका थिए।

आईसियुमा उपचाररत उनको बुधबार बिहान ३ बजे मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]