३० फाल्गुण २०८२, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण १३, २०७७

काठमाडौं – चितवनमा गैंडा मारेर खाग बिक्री गरेको मुद्दाका फरार तीन प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको अभियोगमा उनीहरुमथि अनुसन्धान भइरहेको थियो । पक्राउ पर्नेमा सल्यानको शारदा नगरपालिका–५ का ३१ वर्षीय राजेन्द्र क्षेत्री भनिने पुरन रेउले, काभ्रेको मण्डन देउपुर नगरपालिका–१० घर भएका ४८ वर्षीय आशिष लामा भनिने आइत तामाङ र रसुवाको नौकुण्ड–३ घर भएका ३६ वर्षीय ज्वाला भनिने ज्ञानबहादुर रुम्बा रहेका छन् ।उनीहरुमध्ये रेउलेलाई काठमाडौंको धापासीबाट र अन्य दुईजनालाई सीतापाइलाबाट प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ना २ च १४५८ नम्बरको टोयोटा कम्पनीको गाडी र हतकडीको चाबीसमेत बरामद गरिएको सीआईबीले जनाएको छ । बरामद सामानसहित उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालयमा पठाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]