१९ माघ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

सिमकोट – महिलाहरुको विशेष पर्वका रुपमा मनाइने चैतलोलाई हुम्लाका महिलाहरुले धुमधामका मनाएका छन्।

श्रीमानको मनोकांक्षा पूरा होस भन्ने भाकल गर्दै गाउँको सार्वजनिक स्थलमा गीत गाउँदै नाँचेर चैतलो पर्व मनाएका हुन।हरेक वर्ष फागुन १२ गते परम्परादेखि नै मनाउदै आएको चैतलो पर्ब सिमकोट गाउँपालिकाको वडा नम्बर १, २, ५ र ६ का महिलाहरुले धुमधामका साथ मनाउनु भएको स्थानीय लोग भण्डारीले बताए।श्रीमान्‌को मनोकामना पूरा होस भनेर बिहानैबाट ब्रत बसेर नुहाई धुवाई गरेर महिलाहरु गीत गाउन जाने गर्छन्। गाउँको सार्वजनिक स्थलमा गाउँभरिका महिलाहरु परम्परागत पोशाक र गरगहना लगाएर भारी, चाँड्ची गीत गाएर नाच्नेको उनले बताइन्। शरीरमा गाउन लगाउने र पहेलो कपाड ओडेर गीत गाउँदै नाँच्ने महिलाको लस्कर निक्कै रमाइलो देखिन्छ।

उमेर अनुसार जेठीबाट कान्छी क्रमश दुई लाईनमा लाग्छन्। मुख्य गीत गाउने एक एक जना अगुवा हुन्छन् अरुले उनको गीतलाई साथ दिएर गाउने गर्छिन्। एक हप्ता अगाडिदेखि गीत गाउने अभ्यास पनि महिलाले गर्नु हुन्छ । देबी देवता र भगवानको प्राथनाका साथै दुई पक्षबिच सवाल जवाफ पनि हुने गर्छ।एक आपसमा मनका पीरमर्का पनि गीतबाटै ब्यक्त गर्ने गरिन्छ। एक वर्षमा घरमा मान्छे नमरेको प्रत्येक घरबाट एक जना महिला चैतलो नाँच्न जाने गरिन्छ। श्रीमान् बितेकी महिला भने उक्त गीत गाउन जानु हुन्‍न भन्‍ने सामाजिक मान्‍यता छ।चैतलो पर्वमा महिलाहरु नाँचेको रमाईलो हेर्न टाढा टाढाका गाउँबाट पनि मानिसहरु आउने गरेको उनले बताए। चैतलो गीत गाउँ गएकी महिलाहरुलाई आफन्त तथा माईती पक्षले मिठा परिकारहरु बनाएर खुवाउने गरिन्छ।

यसका साथै धामी पनि नाँच्ने गरिन्छ भने राती महिला पुरुष मिलेर देउडा गीत गाउँने गरिन्छ। बुधवार बिहानै चैतलो गीत गाउँ सार्वजनिक स्थल चौपाडीमा सल्लाको लिंङ्गो गाउँका पुरुष मिलेर गाडेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]