२२ फाल्गुण २०८२, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं – पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बुधबार एक सय आठ किलो सुनको जलहरी राखिएको हो।

पशुपति क्षेत्र विकास कोषको पहलमा राखिएको उक्त जलहरी (सुवर्ण पीठिका) अबदेखि पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनले पनि देख्न पाउनेछन्।राष्ट्रपति भण्डारीले जलहरी राखेपछि जलहरीको शिलालेख अनावरण गरेकी छन्। त्यसपछि सुनको जलहरीको प्राणप्रतिष्ठा गरिएको छ। महाकुम्भ रुद्राभिषेक, सवा लाख दीप प्रज्ज्वलन र हवनसमेत भएको छ। जलहरी राख्ने कामको मूलकर्ताका रुपमा प्रधानमन्त्री केपी ओली, कर्ता र साक्षीको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भानुभक्त ढकाल, मूलभट्ट गणेश भट्ट, मन्त्रालयका सचिव यादव कोइराला, कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, कोषाध्यक्ष एवं जलहरी निर्माण समितिका संयोजक डा. मिलनकुमार थापा र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम रहेका छन्।कोषाध्यक्ष डा. थापाका अनुसार जलहरी निर्माणमा करिब ८५ करोड रुपैयाँ खर्च भएको छ। जसमा माघ १२ गते पशुपतिनाथ मन्दिर आएका बेला प्रधानमन्त्री ओलीले ३० करोड रुपैयाँ सरकारका तर्फबाट दिने घोषणा गरेका थिए।

एकजना दाताले दुई करोड रुपैयाँ, एक जना दाताले एक किलो सुन, भक्तजनबाट ४० लाख रुपैयाँ संकलन भएको थियो भने बाँकी रकम कोषले जुटाएको हो। पहिलोपटक तामा, दोस्रोपटक चाँदीको राखिएकोमा यसपटक सुनको जलहरी राखिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]