१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

काठमाडौं – इक्वेडरका विभिन्न तीन जेलमा भड्किएको हिंसामा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । इक्वेडरको सरकारी निकायले मंगलबार दिएको जानकारीअनुसार मुलुकका विभिन्न तीन सहरमा रहेको जेलमा फरक फरक समूहको बीचमा झडप भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कैदीहरुको मृत्यु गोली र चक्कु आक्रमणबाट भएको हो । अहिलेसम्म ६२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उक्त घटनामा दर्जनौं कैदीहरु घाइते भएका छन् । इक्वेडरले जेलमा भड्किएको हिंसापछि प्रशासनले जेलमा अतिरिक्त आठ सय प्रहरी खटाएको छ ।इक्वेडरका प्रहरी प्रमुख पाट्रिसिओ क्यारिलोले यो हिंसामा उच्च सुरक्षामा रहेका कैदीहरु पनि संलग्न भधएको बताएका थिए । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले आपराधिक समूहले मुलुकका विभिन्न जेलहरुमा एकैपटक हिंसात्मक आक्रमण गरेको उल्लेख गरेका छन् । उनले प्रहरीको सहयोगमा जेलको अवस्था नियन्त्रणको प्रयास गरिरहेको उल्लेख गरेका छन् ।

इक्वेडरको जेलमा बेलाबेलामा यस किसिमका हिंसात्मक घटनाहरु हुँदै आएका छन् । गत डिसेम्बरमा इक्वेडरको जेलमा पाँच कैदीहरुको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]