२० मंसिर २०७७, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक ०८, २०७७

सप्तरी – मुम्बई इन्डियन्सले चेन्‍नइ सुपर किंग्सलाई पराजित गरे । शुक्रबार राति भएको खेलमा मुम्बईले चेन्‍नइलाई दस विकेटले पराजित गरेको छ ।

चेन्‍नइले दिएको ११५ रनको सामान्य लक्ष्य पछ्याएको मुम्र्बले १२.२ ओभरमा विना विकेटको क्षतीमा उक्त लक्ष्य भेट्टाएको हो । मुम्बईको जितका लागि ओपनर ब्याट्सम्यान इसान किसनले अर्धशतकीय पारी खेले ।

किसनले ६८ रनको अर्धशतकी पारी खेलेका हुन् । उनले ३७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै अविजित अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै र क्विन्टन डि कँकले अविजित ४६ रन जोडे । डि कँकले ३७ बल खेल्दै ५ चौका र दुई छक्का प्रहार गर्दै ४६ रन जोडेका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नइले खराब सुरुवात गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन जोडेको थियो । चेन्नइले पावर प्लेमा मात्र पाँच विकेट गुमाएको थियो । चेन्नइले पावर प्ले सकिन तीन बल बाँकी रहँदा २१ रन जोडेर पाँच विकेट गुमाइसकेको थियो ।

त्यसपछि कप्तान महेन्द्र सिंह धोनी र साम कुरानाले चेन्नइको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर, धोनी १६ रन जोड्दै पेभिलियन फर्किए । उनी राहुल चहारले गरेको सातौ ओभरको चौथो बलमा विकेटकिपर ब्याट्सम्यान विन्टन डि कँकबाट क्याच आउँट हुँदै पेभिलियन फर्किएका थिए ।

त्यसपछि मैदान आएका दीपक चहार शुन्य रनमा आउट भएपछि कुरानलाई शार्दुल ठाकुरले साथ दिएका थिए । ठाकुर पनि ११ रनमा चेन्नइको आठौ विकेटको रुपमा पेभिलियन फर्किए ।
चेन्नइका लागि कुरानले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रनको अर्धशतकीय पारी खेल्दै चेन्नइको स्कोर सम्हालेको थिए । उनी २० औं ओभरको अन्तिम बलमा बोल्टबाट बोल्ड आउट भए । इमरान ताहिर भने १३ रनमा अविजित रहे ।

चेन्‍नइलाई सस्तैमा समेट्न मुम्बईका लागि ट्रेन्ट बोल्टले चार विकेट लिए । निकै नै किफयति बलिङ गरेका बोल्टले चार ओभरमा एक ओभर मेडन राख्दै मात्र १८ रन खचेर चार विकेट लिएका थिए । त्यस्तै जसप्रित बुम्राह र राहुल चहारले समान दुई(दुई तथा नाथन कोउल्टर निलले एक विकेट लिए ।

यस जितसँगै मुम्बई अंक तालिकाका् शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले १० खेल खेल्दै सातमा जित र तीन खेलमा हारसहित १४ अंक जोडेको छ । दिल्ली र बैंगलोरको पनि समान अंक भएपनि रन रेटका आधारमा मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । ११ खेल खेलेको चेन्‍नइ भने मात्र तीन खेलमा जित निकाल्दै ६ अंक जोडेर तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Love
Haha
Wow
Sad
Angry

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]