२५ फाल्गुण २०८२, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण १२, २०७७

सप्तरी – बनेपा नगरपालिकाको सातौं नगरसभा मंगलबार नगर प्रमुख लक्ष्मीनरसिं वादेको अध्यक्षतामा सम्पन्न भएको छ ।

नगरसभाले आर्थिक विकासको क्षेत्रगत प्रगति, सामाजिक विकास, आर्थिक विकास र सामाजिक विकास क्षेत्रको प्रतिवेदन प्रस्तुत गरी प्रतिवेदनउपर वडाध्यक्षहरुको सुझाव र धारणा प्रस्तुत गरिएको थियो ।नगरसभाले बनेपा नगरपालिका बजारभित्र बाजेबज्यै पार्क निर्माणलगायत सांस्कृतिक संग्राहलय निर्माणका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, वन, वातावरण, विपद् व्यवस्थापनमा भएको प्रगति तथा आगामी कार्ययोजना, सुशासन तथा संस्थागत विकासका बारेमा जानकारी गराइएको थियो ।पूर्वाधार विकास समितिले गरेको क्षेत्रगत प्रगति, वन, वातावरण, विपद ब्यवस्थापन, सुशासन तथा संस्थागत विकास र पूर्वाधार विकास क्षेत्रका प्रगति, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

त्यस्तै वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक–२०७७ प्रस्तुत गरिएको थियो ।नगरसभामा प्रस्तुत भएका विधेयकहरु सर्वसम्वत् पास भएको नगर प्रमुख लक्ष्मीनरसिं वादेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]