१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक ०८, २०७७

सप्तरी – नेपालमा विज्ञापनरहित (क्लिनफिड) प्रशारण शुक्रवार मध्यरातबाट लागू भएको छ ।

सरकारले शुक्रवार मध्यरातबाट विज्ञापनरहित विदेशी टेलिभिजन प्रशारण गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउने लागेको हो । यो नियम लागू भएपछि राती १२ बजेबाट नेपालमा प्रशारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन प्रशारण गर्न पाउँदैनन् भने विज्ञापनसहितका शसुल्क तथा निःशुल्क टेलिभिजन च्यानलहरु स्वत : बन्द हुनेछन् ।

यसअघि नेपालमा भारतीय टेलिभिजन च्यानलले विज्ञापनसहित प्रशारण गर्दै आएका थिए । यसैगरी अव नेपाली सञ्चार माध्यमले विदेशी विज्ञापनलाई डबिङ गरी प्रसारण गर्न पनि नपाउने भएका छन् ।

विज्ञापन नियमन ऐन,२०७६ मा भएको व्यवस्था अनुसार क्लिन फिड लागू गर्न लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणी दुवाडीले बताए। मन्त्रालयले गत असोज २८ गते एक विज्ञप्ति प्रकाशित गरेर कार्तिक ७ गतेबाट क्लिनफिड कार्यान्वयनमा ल्याउनका लागि आवश्यक तयारी गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको थियो।

यसैबीच सरकारले लागू गरेको बाध्यकारी व्यवस्थाका कारण अबको केहि महीनासम्म २२ देखि ३२ ओटा विशेष गरी भारतका विज्ञापनरहित शसुल्क टेलिभिजन च्यानलहरु प्रसारण हुने अवस्था आएको केबल टेलिभिजन महासंघले बताएको छ ।

क्लिनफिड लागू हुनुअघि नेपालमा करीब १०० ओटा सशुल्क च्यानल र थप १२० ओटा निःशुल्क च्यानल प्रशारण हुँदै आएको थियो । क्लिनफिड लागू भएपछि ती नि :शुल्क टेलिभिजन च्यानल पनि बन्द हुनेछन् ।यसैबीच डिस मिडिया नेटवर्कले सञ्चालन गर्दै आएको डिसहोमले सूचना प्रकाशित गर्दै विदेशी च्यानलहरु क्लिनफिडमा उपलब्ध नहुन्जेलसम्मका लागि अवरुद्ध हुन सक्ने बताएको छ ।

हेर्नुस् डिसहोमले प्रकाशित गरेको सूचना :

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]