मुगु – छायाँनाथ रारा नगरपालिकाकोे एक सामुदायिक वनमा आगलागी भएको छ । छायाँनाथ रारा नगरपालिका–४ मा पर्ने पारिवन सामुदायिक वनमा आगलागी भएको छ ।
शुक्रबार दिउँसो २ बजेबाट हलनी डाँडाबाट लागेको आगोले पारिवन सामुदायिक वन क्षेत्रको धेरै ठाँउमा आगलागी हुँदा करोडौं क्षति भएको छ ।कामको सिलसिलामा वनमा गहेकाहरूले आगो तापेर आगो ननिभाइ हिँडेकाले आगो वन क्षेत्रमा सल्किएको र एक स्थानको आगो वन क्षेत्र भरी सल्केर २ सय हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी भएको छाँयानाथ रारा नगरपालिका–४ वडाका अध्यक्ष विष्णुकुमार भामले बताएका छन् ।वडाअध्क्षय भामका अनुसार आगो कस्ले बालेका हुन थाहा भएन आगलागीको कारण आगो बालीतापेका र आगो न निभाई जाने गरेका स्थानीय गाउँलेहरूको लापरबाहीका कारण बनमा आगो लागग्दा बनमा रहेका बिभिन्न प्रजातीका वनस्पति, वन्य जन्तुहरूको जलेर नष्ट भएको बताएका छन् ।
आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन । तर, पारिवन सामुदायिक वनले खोजीकार्य गर्दै अनुसन्धान गरीरहेको अध्यक्ष भामले थप बताएका छन् ।
आगलागीबाट सयौं रोपनी पारिवन सामुदायिक वन जलेर नष्ट भएको छ । अप्ठेरो भीर भएको र सल्ला तथा अन्य ,झार स्याउला धेरै भएकाले आगो नियन्त्रणमा कठिनाइ भएको पारिवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष झिमबहादुर भण्डारीले बताए । आगलागीका कारण करीब २ करौड भन्दा बढीको क्षेतिभएको छ । वनमाजाँदा सावधानी नपआना एकै कारण वन क्षेत्र आगलागीको स्थानीयको बताएका छन् ।आगो नियन्त्रणका लागी शुक्रबारदेखि वडा अध्यक्ष भाम र छायाँनाथ रारा नगरपालि–४ भामवाडाका प्रत्येक घरका १ सय ५० जना स्थानीय निरन्तर जुटेर २४ घण्टा पछि आगो नियन्त्रणमा ल्याउन सफल भएका छन् ।प्रत्येक घरका स्थानीय आगो निभाउन शुक्रबारदेखि जंगलमै बास बसेर आगो नियन्त्रणमा ल्याउन सफल भएको स्थानीयको भनाइ छ ।
यदि वन जंगलको बास नगरी आगो नियन्त्रणमा सक्रिय नभएको भए आगो नियन्त्रण बाहिर गहेर पारिवन सामुदायिकवन पूरै आगलागी भएर अन्य स्थानका वनमा पनि आगलागी हुने थियो ।