०७ बैशाख २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका रोल्पाका एक पुरूषको मृत्यु भएको छ।

अहिले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मा कोठा लिएर बस्दै आएका ४३ वर्षीय नन्दलाल वलीको आइतबार बिहान मृत्यु भएको हो।इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार अत्यधिक मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा वलीलाई शनिबार राति दश बजेतिर प्रहरीले तुलसीपुरको बाहिनी चोकस्थित कोठाबाट नियन्त्रणमा लिएको थियो।रातिमा वलीकी श्रीमती उच्च अदालत तुलसीपुरको सुरक्षार्थ खटिएका प्रहरीमा पुगेर मदिराले मातेका श्रीमानले मार्न थालेको भन्दै सुरक्षाको लागि याचना गरेकी थिइन।

‘आफू र बच्चाबच्चीलाई मदिराले मातेका श्रीमानले खुकुरी लिएर मार्न थाले भन्ने खबरपछि इप्रकाबाट प्रहरी पुगेर वलीलाई नियन्त्रणमा लिएको हो,’ डिएसपी सिंहले भने ‘हामीले उहाँलाई राति नै राप्ती प्रादेशिक अस्पतालमा लगेर स्वास्थ्य चेकअप गराएर थुनुवा कक्षमा राखेका हौं।’वलीलाई थुनुवा कक्षमा राखेपछि पनि उनी रातभर मनपरी बोलेको, कराएको र अरूलाई पनि सुत्नै नदिने अवस्था सृजना गरेपछि प्रहरीले राति १ बजे पुनः उनकी श्रीमतीलाई फोन सम्पर्क गर्न प्रयास गरेको सिंहले बताए।‘कसैलाई सुत्नै नदिएपछि प्रहरीले राति १ बजेतिर उहाँकी श्रीमतीलाई फोन गरी श्रीमान बुझेर कोठामा लैजान भन्न खोजका थियौं,’ डिएसपी सिंहले भने ‘तर, उहाँले मोबाइल अफ गरेकाले सम्पर्क हुन सकेन।’

वली कराउँदा कराउँदा राति २ बजेतिर मात्रै निदाएको डिएसपी सिंहले बताए।त्यसरी सुतेका वली आइतबार बिहान ६ बजेदेखि एक्कासी घारघार–घुरघुर गर्न थाले र उनी अचेत भए।त्यसपछि करिब साढे ६ देखि ७ बजेको बीचमा प्रहरीले झन्डै दुई सय मिटर नजिकैको राप्ती प्रादेशिक अस्पताल पुर्‍याएको डिएसपी सिंहले जानकारी दिए।त्यहाँ पुर्‍याउनासाथ चिकित्सकले वलीलाई मृत घोषणा गरेको सिंहले बताए। ‘उहाँकी श्रीमतीका अनुसार वलीले केही दिन पहिलेमात्रै मुखबाट रगत वान्ता गर्नु भएको थियो रे,’ सिंहले भने, ‘श्रीमतीले काठमाडौं उपचारका लागि लैजान्छु भन्दा पनि उहाँले मान्नु भएन रे। मलाई रक्सी खान देऊ ठिक हुन्छ भन्ने जिद्धी गरेर मदिरा सेवन गर्दै आएको भन्ने छ।’मृतक वलीको शरिरमा चोट पटक वा घाउखत केही नदेखिएको भए पनि पोष्टमार्टम रिपोर्टपछि मात्रै तथ्य कुरा भन्न मिल्ने सिंहले बताए।

प्रहरीका अनुसार उनी तुलसीपुरमा कान्छी श्रीमतीसँग बस्दै आएका थिए। उनकी जेठी श्रीमती रोल्पामा बस्ने गरेको र मृत्युको खबर पाएपछि तुलसीपुर आउन लागेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]