०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

काठमाडौं – मकवानपुरको राक्सिराङ गाउँपालिका-१, गाल्छाराङमा बारीमा लुकाइराखेको १८ क्विन्टल अवैध लागुऔषध गाँजा प्रहरीले जलाई नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले उक्त गाँजा जलाएर नष्ट गरेको हो । गाँजा नष्ट गरी कार्यालय फर्कने क्रममा सोही गाउँपालिका कुपिनटारस्थित सडकमा स्थानीयहरूले अवरोध गरी प्रहरीको गाडीहरू र प्रहरीहरूलाई समेत हातपात गरेपछि प्रहरीले हवाईफायर समेत गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।सडक अवरोध गरी प्रहरीलाई हातपात गर्नेमध्ये राक्सिराङ–१ बस्ने ४० वर्षीय कान्छालाला रुम्बालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै, सोही गाउँपालिका कुपिनटारस्थित बारीमा रहेको १५ केजी गाँजा र १४ केजी गाँजाको भाँङसमेत प्रहरीले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]