३० जेठ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

विराटनगर – नेकपा विवादको असर प्रदेश सभाहरुमा क्रमशः देखिँदै गएको छ ।

आजका लागि बोलाइएको प्रदेश १ को प्रदेशसभा बैठक पनि सत्तारुढ नेकपाले नै अवरुद्ध गर्ने भएको छ । जारी सातौं हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह््वान गरिए पनि ओली पक्षीय नेकपा बैठक अवरुद्ध गर्ने तयारीमा छ । आजको बैठकमा संसद् सचिवालयले अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ ओली पक्ष बैठक अवरुद्ध गर्ने नीतिमा लागेको हो । गत माघ २५ को बैठकमै अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । सो दिन पनि ओली पक्षले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले फागुन ९ सम्म बैठक स्थगित गरेका थिए ।कारवाहीमा परेका सांसदहरु बैठकमा प्रवेश गरे आइतबारको बैठक पनि सञ्चालन हुन नसक्ने ओली पक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले रातोपाटीलाई बताए । ‘नेपाल कम्युनिस्ट पार्टी नेकपा दुईवटा भएको देखिन्छ । तर, कानुनी रुपमा प्रदेश सभामा दर्ज भएको देखिँदैन । प्रदेशसभमा दलको नेता भनेर चिनिने शेरधन राईमात्र हो । त्यसो हुनाले प्रदेश सभामा आफ्ना प्रदेशका सदस्यहरुलाई गरेको कारवाही प्रदेशसभा सचिवालयले कार्यन्वयन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो ’ उनले भने, ‘बैठक सञ्चालन गर्न खोजिए हामी स्वभाविक रुपमा अवरुद्ध गर्छाैं ।’मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड–माधव पक्षका १६ जना सांसदहरुलाई निलम्बन गर्ने निर्णय गरेको थियो । लगतै प्रचण्ड माधव पक्षले पनि मुख्यमन्त्री राईसहितका ८ जनालाई कारवाही गर्दै भीम आचार्यलाई दलको नेता चयन गरेको थियो ।

नेकपा प्रचण्ड–माधव पक्षका नेता इन्द्र आङ्बोले आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गरेर नियमित प्रकृयामा बैठक अघि बढ्नुपर्ने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]