चलचित्र पत्रकार संघ नेपालको आयोजनामा रहेको तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न भएको छ । बिहीवार सुरु भएको कार्यशाला शनिबार सकिएको हो ।
चलचित्र बिकाश बोर्डमा आयोजित कार्यशालामा ४० बढी पत्रकार सहभागी थिए । समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिकामा खेलेको बताए । सोही अवासरमा अध्यक्ष दाहालले उत्कृस्ट फोटो खिचेर पठाउने एक जनालाई बोर्डले बार्षिक उत्सबमा पुरस्कृत गर्ने घोषणा गरे ।कार्यशालामा हरी न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दीलिप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिए ।
फोटोग्राफी र भिडियोग्राफीमा रुची भएका चलचित्र पत्रकारहरुका लागि कार्यशाला उपयोगी बनेको चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौलाले बताए ।