१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७

गुल्मी – गुल्मीमा २ वटा ठूला ठगीका घटना भएका छन् । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ को नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थामा डेढ करोड रुपैयाँ बढी रकम हिनामिना भएको छ ।

सहकारीका व्यावस्थापक द्रोर्णचार्य ज्ञवालीले सहकारी रकम हिनामिना गरेका हुन् । यो विषय सञ्चार माध्यम र प्रशासनसम्म आएको छ । तर, सेयर सदस्यको लगानी डुबे-नडुबेको विषय अन्योलमा परेको छ । गुल्मीको घमिरका एक व्यक्तिले गाउँलेको ८० लाख रुपैयाँ ठगेर १ महिनादेखि फरार भएका छन् । ती व्यक्ति मालिका गाउँपालिका वडा नम्बर ७ का हरिनारायण लम्साल हुन् ।उनले करिब ३ वर्षदेखि मेगा बैंकको शाखारहित सेवाको एजेन्टको रूपमा काम सुरु गरेका थिए । लम्सालले बैंकको नाममा नागरिकको विश्वास जितेर व्यक्तिगत रूपमा रकम चलाएर हिनामिना गरेर भागेका हुन् ।

अहिले लुकेर परिवारका अन्य सदस्य र पार्टीको संरक्षणमा कसुर लुकाउन खोजेको स्थानीयको आरोप छ । ३ वर्षसम्म लम्सालले बैंक र आफ्नो कम्युनिकेसनको नाममा नागरिकसँग निरन्तर आर्थिक कारोबार गरिरहे । उनले बैंकमा पैसा राखिदिने भन्दै लम्साल कम्युनिकेसनको नाममा आवश्य परे भौचर र कसैलाई मौखिक रूपमा सहमत गराएर गाउँलेलाई ठग्दै आएको खुलासा भएको छ । मालिका गाउँपालिका वडा नम्बर ७ घमिरकी जमुना लम्साल सबैभन्दा बढी ठगिएकी छन् । उनले ४ पटक गरेर मुद्दती खातामा साढे १२ लाख रुपैयाँ रकम जम्मा गरिन् । उनका पति निमबहादुर लम्सालले पनि ३ लाख ३५ हजार रुपैयाँ मुद्दतीमा जम्मा गरे ।अहिले रकम आवश्यक परेर निकाल्न खोज्दा खातामा पैसा नभएपछि आफूहरू ठगिएको पत्तो पाएको पीडित लम्सालले बताइन् । आफ्नै घरमा मेडिकल राखेर शाखारहित बैकिङ सेवा सुरु गरेकाले आफुहरू विश्वस्त भएर भौचरसमेत नलिएको जमुनाले गुनासो गरिन् ।

‘मान्छेभन्दा बैंकलाई विश्वास गरेर रकम जम्मा गरेँ,’ उनले भनिन्, ‘यो अवस्थाको कल्पना गर्ने कुरै भएन ।’ शाखारहित बैंकिङ सेवा घमिरका सञ्चालक लम्साल गत १७ माघदेखि फरार छन् । केही समयपछि परिवार नै घरबाट भागे । स्थानीय पूर्णबहादुर बुढामगरले पनि गत माघको पहिलो साता लम्साललाई ५ लाख दिएका थिए ।दोस्रो साताबाट लम्साल भागे । त्यसपछि सञ्चालकसहित परिवार नै घरमा नभएपछि रकम डुब्नेमा बुढामगरसहित थुप्रै स्थानीय चिन्तामा परे । बुढामगरले आफूसहित थुप्रै गाउँलेको रकम बैंकमा नभएपछि बल्ल ठगिएको पत्तो पाएको बताउँदै सोझा गाउँलेलाई नक्कली भौचर भन्ने पत्तो नभएको गुनासो गरे ।लम्साल घरमा लामो समय नभएपछि गाउँलेमा अलिअलि चिसो पसेको थियो । तर, फर्केलान् भन्ने आशा पनि स्थानीयले गरे । परिवार भागेपछि भने रकम डुब्ने चिन्ताले हारगुहार गरिरहेको अर्का पीडित भिम कार्कीले बताए । पीडित पक्षले आफूहरू ठगिएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको समेत ध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले बैंक र पीडितसँग समन्वय गरेर फरार व्यक्तिको खोज्ने काम भइरहेको जानकारी दिए । मेघा बैंक तम्घास शाखाका प्रमुख तेजेन्द्र कार्कीले सकेसम्म स्थानीयको पैसा फिर्ता गर्ने कोसिस भइरहेको बताए । आफ्नै बैंकको नामबाट नागरिकको लाखौँ रुपैयाँ ठगिँदा पनि आरोपित जोगाउने पक्षमा मेघा बैंकका कर्मचारी रहेको आरोप स्थानीयको छ बैंकले केही दिनअघि शाखाको सामान लगेको छ । बोर्ड निकालेर जलाएको छ । आरोपित हरिनारायण नदेखिएर उनका आफन्तले राजनीतिक आवरणमा पीडितलाई थुमथुम्याउने काम गरिरहेका छन् । ‘उनका दाजुभाइ र कांग्रेसका नेताहरूले मान्छे बोलाएर केहीको रकम फिर्ता गर्ने र कसैलाई कन्भिन्स गर्ने काम भइरहेको छ,’ एक जना पीडितले भने, ‘मैले कानुनअनुसार कारबाही खोजेको छु ।’मालिका गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष वेदप्रसाद पन्थीले ठगीको कसुर गर्ने व्यक्ति लुकाएर सोझा जनतालाई गुमराहमा पार्न खोजिएको बताए । १ लाख रुपैयाँभन्दा कम ठगिएकाको फिर्ता र ठुलो रकमको कागज गर्न आफूलाई कांग्रेस नेताहरूले बोलाए पनि नगएको उनको भनाइ छ । ‘प्रहरीमा उजुरी परेको छ । कसुरदार फरार छन्, कसरी जनप्रतिनिधि बसेर कागज गर्ने ?’ पन्थीले भने, ‘प्रहरी प्रशासनले छिटो आरोपित ल्याउनुपर्‍यो ।’

आरोपित भागेको १ महिना पुग्न थाल्यो । उनले प्रयोग गर्दै आएको लु ५३ प १५ ७१ नम्बरको मोटरसाइकल बुटवलमा फेला परेको छ । बेवारिसे अवस्थामा छाडेर हिँडेको मोटरसाइकल प्रहरीले ४ फागुनमा बुटवल प्रहरी तालिम केन्द्र अगाडि फेला पारेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]