०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, फाल्गुण ०९, २०७७
Sorry No Photo is selected hare

वीरगन्ज – वीरगन्जमा मधेस आन्दोलनका सहिदको सालिक निर्माण गरिएको छ। ती सालिक शनिबार अनावरण गरिएको छ। घण्टाघर चोकस्थित प्रहरी चौकी छेउको खाली जग्गामा नवनिर्मित सहिद स्मारक परिसरमा मधेस आन्दोलनका ७ जना सहिदका सालिक निर्माण गरिएको छ।

पर्साका प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले संयुक्त रूपमा सालिक अनावरण गरेका हुन्।सांसद यादवको संसदीय कोषको २८ लाख र वीरगन्ज महानगरपालिकाको १० लाख गरी कुल ३८ लाख रुपैयाँको लागतमा सहिद स्मारकका साथै ७ जना सहिदको सालिक निर्माण गरिएको हो। नवनिर्मित सहिद स्मारक परिसरमा २०७२ सालको मधेस आन्दोलनका क्रममा वीरगन्जमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका सहिद धर्मराज सिंह, दिलीप चौरसिया, सोहन साह कलवार, भोलाप्रसाद तेली, दीनानाथ साह गोढ, शत्रुघ्न पटेल र आशीष राम गरी ७ सहिदको सालिक निर्माण गरिएको हो।जनता समाजवादी पार्टी पर्साले आयोजना गरेको सालिक अनावरण कार्यक्रममा सहिदका परिवारलाई सम्मान पनि गरिएको थियो। सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद प्रदीप यादवले मधेसी सहिदकै बलिदानी र आहुतिको जगमा मुलुकमा संघीयता, समावेशिताजस्ता राजनीतिक उपलब्धि हासिल भएको बताए। उनले भने, ‘मधेस आन्दोलनका सहिदको बलिदानीले नै मुलुकले संघीयता समावेशिताजस्ता उपलब्धि पाएको हो, त्यसैले सहिदको बलिदानी हाम्रा लागि सदैव स्मरणीय रहनेछ।’ मधेस आन्दोलन आन्दोलन मात्र नभई मधेसको आस्थासँग जोडिएको जनविद्रोह भएको उनले बताए।

उनले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमले अहिले संविधान मात्र नभई प्राप्त राजनीतिक उपलब्धि पनि संकटमा परेको बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]