
काठमाडौं – सरकारले आज कोभिड–१९ विरुद्धको खोपको थप १० लाख डोज ‘कोभिशिल्ड’ नेपाल ल्याउन लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भारतको नयाँ दिल्लीबाट एयर इन्डियाको विमान मार्फत दिउँसो १.३० बजे खोपको १० लाख डोज आइपुग्ने छ । सरकारले फागुन ५ गते भारतको खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डीयासँग २० लाख डोज खोप किन्ने सहमति भएसँगै खोप आउन थालेको हो ।यसअघि गएको माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार आइपुग्ने खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ ।
यो खोप फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ ।