०८ बैशाख २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

प्युठान – प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ मानुङखोलामा आधुनिक चिल्ड्रेन पार्क निर्माण गरिएको छ ।

खोला छेउमै रहेको बाँझो बगरलाई सदुपयोग गरी सुविधासम्पन्न पार्क निर्माण गरिएको हो । पार्क करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ । सघन सहरी तथा भवन डिभिजन आयोजना दाङमार्फत २०७५ बाट पार्क निर्माण थालिएको हो । पार्क निर्माणपछि १८ असार २०७७ मा वडा कार्यालयलाई हस्तान्तरण गरिएको वडाध्यक्ष वासु रेग्मीले जानकारी दिए ।

करिब ४ करोड ६८ लाख ९२ हजार ४ सय ८६ रुपैयाँ लागतमा पार्कमा विभिन्न सौन्दर्यसहितका संरचना निर्माण गरिएको छ । पार्कमा विभिन्न जातका फूल तथा बिरुवा, २ वटा सुविधासम्पन्न हलसहितको भवन, चमेनागृह, विश्राम स्थल, गाडी पार्कलगायत संरचना निर्माण गरिएको वडाध्यक्ष रेग्मीले बताए । ‘पार्कलाई व्यवस्थित गर्दै छौँ’, वडाध्यक्ष रेग्मीले भने, ‘अहिले पार्कको हेरचाह गर्न हेरालु राखिए पनि यसलाई व्यवस्थित गर्न अझै धेरै काम बाँकी छन् ।’नवनिर्मित पार्कमा खानेपानी, बाल उद्यान, पिकनिक स्पटका लागि चाहिने भौतिक संरचना निर्माणाधीन अवस्थामा रहेकाले पूरा हुन केही समय लाग्ने उनले बताए ।बालबालिकालाई केन्द्रित गरी निर्माण गरिएको यो पार्कमा थप सुविधासम्पन्न संरचना निर्माणमा स्थानीय तह लागिपरेको उनको भनाइ छ ।
पार्क निर्माणपछि नगरपालिकाले १ जना हेरालुसमेत राखेको छ । पार्क घुम्न आन्तरिक पर्यटकसमेत पुग्ने गरेको वडाध्यक्ष रेग्मी सुनाउँछन् ।

पार्कको थप संरक्षण र संरचना निर्माणका लागि आगामी वर्षदेखि नगरपालिकाबाट बजेट विनियोजन गरी प्यूठानकै नमुना पार्क निर्माणमा पहल गरिने उनको धारणा छ । वडाध्यक्ष रेग्मीले भने, ‘प्रचार-प्रसार भयो भने पर्यटक बढ्ने विश्वास लिएका छौँ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]