२२ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

एक नौ वर्षे मास्टरमाइन्डले अब केही दिनमा नै ब्याचलर्स डिग्रीको सर्टिफिकेट पाउँदै छन् ।

बेल्जियमका लौरेन्ट सिमोन्सले अहिले इलेक्ट्रिकल इन्जिनियरिङ पढ्दै छन् । इन्डहोभन विश्वविद्यालयमा पढिरहेका उनले त्यस्तो जटिल विषय छानेका छन् जुन वयस्कहरुका लागि पनि समस्या मानिन्छ । ‘अत्यन्त दुर्लभ र अद्वितीय,’ उनलाई पढाउने शिक्षकहरुले उनीबारे सिएनएनलाई बताएका छन् । उनले अब डिसेम्बरमा डिग्री पाउने छन् । त्यसपछि उनी पिएचडीका लागि काम गर्ने र उनले मेडिसिनमा पनि पिएचडी गर्ने उनका बाबुले बताएका छन् ।उनका आमा र बाबुले पहिले सिमोन्सका हजुरबाले भनेको कुरा पत्याएका थिएनन् । सिमोन्सका हजुरबाले उनी अद्वितीय क्षमताको भएको बताएका थिए । ‘तर, कक्षामा शिक्षकहरुले पनि बताए,’ उनकी आमाले भनेकी छिन्, ‘यो कसरी भयो भन्ने मलाई थाहा छैन ।’ तर, उनले व्यंग्य गर्दै भनेकी छिन्, ‘म गर्भवती हुँदा मैले निकै धेरै माछा खाएकी थिएँ ।’

उनको यही अस्वभाविकता देखेर नै विश्वविद्यालयले उनलाई अध्ययन गर्न दिएको थियो । उनका बारेमा पनि विश्वविद्यालयका प्रोफेसरहरुले निकै धेरै प्रशंसा गरेका छन् । उनले कुनै पनि कुरा सम्झिनका लागि कुनै समस्या नभएको त्यहाँका शिक्षकहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]