
काठमाडौं – नेकपाको ओली पक्षका नेता एवं गृहमन्त्री रामबहादुर थापाले ताजा जनादेश लिएर देशमा स्थिरता कायम गर्ने बताएका छन्।
आज विराटनगरमा ओली समूहले गरेको आमसभामा बोल्दै उनले प्रतिगमनलाई पुनःस्थापना गर्न चाहनेहरुका कारण देशमा अस्थिरता निम्तिएको बताए।उनले नेकपाभित्रका पदलोलुप नेताहरूका कारण समस्या भएको टिप्पपणी गरे। उनले नेकपाभित्रका अवसरवादीहरूले फेरि प्रतिगतमलाई कसरी पुनःस्थापना गर्ने भनेर लाग्दा यो अवस्था सिर्जना गरेको आरोप लगाए।‘उनीहरु खुशी भएका छन्। जुन परिस्थिति बनेको छ, त्यसबाट जनता दुःखी भएका छन्। मेचीदेखि महाकालीसम्म फुटवादको विरुद्धमा छौं’, उनले भने, ‘पार्टी शुद्धीकरण थालनीको नेतृत्व पनि हामीले गरेका छौं।
अस्थिरतालाई कसरी स्थायित्व गर्ने भनेर अवसरवादीहरु लागेका छन्।’