१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

डोटी – नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा.डिला संग्रौलाले सरकारले छोरीचेलीहरुको सुरक्षा गर्न नसकेको बताएकी छिन् ।

नेपाल प्रेस युनियन डोटीले शनिबार सिलगढीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सदस्य डा.संग्रौलाले नेपाली छोरीचेलीहरुमाथि श्रृंखलाबद्धरुपमा बलात्कार र हत्या हुँदा समेत सरकारले अपराधीलाई कानूनी दायरमा ल्याउन नसकेको टिप्पणी गरिन् ।उनले भनिन्, ‘हत्या, हिंसा र बलात्कार वर्तमान सरकाको उपहार जस्तो बनिरहेको छ। ‘हत्या, हिंसा र बलात्कार, ओली सरकारको चमात्कार’ जस्तो भइरहेको छ ।’

बलात्कारपछि हत्या गरिएकी भागीरथी भट्ट, निर्मला पन्त, सम्झना कामीलगायत अपराधीलाई तत्काल कानूनी कठ्घरामा ल्याई कडा सजाय दिन माग गरिन् । देशको शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको जिकिर गर्दै डा. संग्रौलाले संविधान, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै उनले कानूनलाई टेकेर सर्वोच्च अदालतले उचित न्याय निरुपण गर्ने विश्वास समेत व्यक्त गरिन् ।नेपाली कांग्रेसको १४ औं महाधिवेसनका विषयमा बोल्दै नेतृ डाक्टर संग्रौलाले पार्टीभित्र एक तिहाई महिला प्रतिनिधित्व भएपनि अब नेतृत्व वा पदाधिकारीमै महिला सहभागिताका सुनिश्चितताका लागि आफूहरु लडिरहेको बताइन् ।

नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस डोटी सभापति प्रदीप कुमार देउवा, नेपाल महिला संघकी कोषाध्यक्ष जानुका सिंह, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतक निर्मला क्षेत्री, नेपाल महिला संघकी केन्द्रिय सदस्य गिर्जा न्यौपाने, पार्टी सचिव नारायण जोशी, नेपाल महिला संघ डोटीकी सभापति माया कुवर लगायत नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]