२५ फाल्गुण २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

एक किशोरीले फेसबुकमा पोस्ट गर्दै आफ्नो हत्या हुने भविष्यवाणी गरिन् र हत्याराहरुले उनको लाश भएको ठाउँको जानकारी समेत पठाउने बताइन् ।

नभन्दै त्यसको केही घण्टामा उनको निर्मम तरिकाले हत्या गरियो । ब्राजिलकी १७ वर्षकी क्रिस्टिन कार्वाल्हो गुइमरेज आफूले स्थानीय ड्रग डिलरलाई ३ हजार ब्राजिलियन रियल ऋण तिर्नुपर्ने भएपछि आफ्नो हत्या हुन लागेको बताएकी थिइन् ।उनले लेखेकी थिइन् ‘म यहाँ सबैलाई गुडबाइ भन्न आएकी हुँ । म छिटै मर्दैछु ।’ उनको हत्या ब्रजिलको अमेजोनस राज्यको इटापिरांगामा फेब्रुअरी १३ मा भएको थियो । अर्को एक पोस्टमा क्रिस्टिनले लेखेकी थिइन् ‘उनीहरुले लोकेसन पठाउनेछन् ताकि मेरो लाश भेट्न सकियोस् ।’ त्यसको भोलिपल्ट उनकै प्रोफाइलबाट अर्को एक पोस्ट शेयर गरियो । यो उनका हत्याराहरुले शेयर गरेको जस्तो देखिन्थ्यो किनकि त्यसमा उनको लाश भएको ठाउँ बताइएको थियो र उनको लाश ठिक त्यही ठाउँमा भेटियो ।’

द सनको रिपोर्टअनुसार भोलिपल्ट शेयर गरिएको पोस्टमा अन्तिममा सीभी लेखिएको थियो जो स्थानीय आपराधिक ग्याङ कमाण्डो भर्मेल्हो हुन सक्ने मानिएको छ । यी किशोरी हराएकोबारे पुलिसलाई १२ फेब्रुअरीमै जानकारी प्राप्त भएको थियो । तर, भोलिपल्ट हत्याराहरुले खुलासा गरेको स्थानमा पुलिस अधिकारीहरुले उनलाई भेट्दा उनको हत्या भइसकेको थियो । उनको मृत्युको कारण खुलाइएको छैन यद्यपि उनले फेसबुक पोस्टमा आफूलाई गोली हानिने बताएकी थिइन् ।अनुसन्धान अधिकारीहरुले भने किशोरीको हत्यामा कमाण्डो भर्मेल्होको कुनै हात नरहेको र उनका हत्याराले अनुसन्धानलाई अल्मल्याउन यो ग्याङको नाम उल्लेख गरेको अनुमान गरेका छन् । पुलिस अधिकारीहरुले क्रिस्टिनले लेखेको भनिएका अघिल्ला पोस्टहरु पनि हत्याराहरुले नै लेखेको विश्वास गरेका छन् । अनुसन्धानकर्ताहरुले फेब्रुअरी १७ मा भएका अन्य २ हत्याहरु पनि क्रिस्टिनको हत्यासँग सम्बन्धित भएको विश्वास गरेका छन् ।

फेब्रुअरी १७ मा लोरिभाल फोन्सेकामोराएस र एन्टोनियो मोन्टेरियो डोस सान्तोसको हत्या भएको थियो । यी दुई क्रिस्टिनका दाजु र भिनाजु थिए । यी दुवैको नाम क्रिस्टिनले आफ्नो हत्याराको रुपमा आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेकी थिइन् । उनहिरुको शवको प्रकृति हेर्दा उनीहरुको पनि हत्या भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]