१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, कार्तिक ०६, २०७७

सप्तरी — नेपाली कांग्रेस सप्तरीले आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन ।

कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाएर प्रहरीले फसाइरहेको आरोप लगाउँदै सप्तरी कांग्रेसका कार्यकर्ताहरुले नाराबाजी गर्दै प्रहरी कार्यालय घेराउ गरेको हो ।राजनीतिक पूर्वाग्रहले प्रेरित भइ प्रहरीले कांग्रेसीलाई विभिन्न बहानामा झुठा मुद्दा लगाएर फसाउने काम गरेकाले स्थानीय प्रशासनको विरोधमा उत्रनु परेको नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले बताए ।

सभापति यादवको नेतृत्वको जुलुस बिहीबार राजविराज नगर परिक्रमा गर्दे सप्तरी प्रहरी विरुद्ध चर्को नाराबाजी गरेको थियो ।बिहीबार नै प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै सप्तरी कांग्रेसले प्रहरीले सत्यतथ्य छानबिन नै नगरी सामाजिक सन्तुलन बिग्रने कार्य गरिरहेको आरोप लगाएको छ । कांग्रेस कार्यकर्ताहरुलाई सिद्धयाउने गरी झुठा मुद्दा दर्ता गरिरहेको आरोप कांग्रेसले लगाएको छ । आफ्ना कार्यकर्ताहरुमाथि लगाइएको झुठा मुद्दा तत्काल खारेज गर्न समेत कांग्रेसले माग गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]