२० मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

भैरहवा – सरकारले नेपाल भारत सीमाबाट पर्यटकको आगमनमा रोक लगाउँदा यस क्षेत्रका पर्यटन व्यवसाय अझै संचालनमा आउन सकेको छैन।

सरकारले लकडाउन पश्चात पर्यटन व्यवसाय खोल्न अनुमति दिए पनि पर्यटकको लागि सीमानाका नखोल्दा यस क्षेत्रको पर्यटन व्यवसाय अझै लकडाउन सरहकै अवस्थामा छ। मुलुकमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक वर्षदेखि बन्द गरिएको नाका पर्यटकका लागि अझै खुलेको छैन।अर्बौं रुपैयाँको लगानीमा यस क्षेत्रमा संचालित दर्जनौं होटलका कोठाहरु एक वर्षदेखि रित्तै छन्। पर्यटन व्यवसायीहरु एक वर्षदेखि बैंकको ब्याज मात्र तिर्दै आएका छन्। आम्दानी शून्य सरह छ। रुपन्देही भारतीय सीमासँग जोडिएको जिल्ला रहेकोले यस क्षेत्रको पर्यटन व्यवसाय भारतीय पर्यटकबाट आश्रित छ।
स्वास्थ्य मापदण्ड नअपनाइ मुलुकमा दैनिक जसो राजनीतिक दलको सभा, सम्मेलन भइरहे पनि कोरोना संक्रमण ‘ग्रिन लबेल’मै छ। मुलुकको अर्थतन्त्र चलायमनका लागि भारतीय पर्यटकबाट दैनिक लाखौँ रुपैयाँ भित्रिने गरे पनि सरकारले स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकका लागि अझै पनि नाका खोल्न तादरुकता देखाएको छैन।

‘भारतीय पर्यटक नेपाल भ्रमणमा आउन चाहेका छन् तर सरकारले सीमा नखोल्दा उनीहरु निराश छन्’, नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेण्ट (नाट्टा) का लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष विष्णु शर्माले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर मुख्य नाकाबाट पर्यटक भित्र्याउन जरुरी छ।’साना नाकाबाट लुकिपिछ आउजाउ भइरहेको हुँदा स्वास्थ्य मापदण्ड अपनाएर मुख्य नाकाबाटै अभिलेख राखेर भारतीय पर्यटक भित्र्याउनु पर्ने उनको भनाइ छ।
नेपालमा मनोरञ्जनका साथै पशुपतिनाथ, मुक्तिनाथ लगायत धार्मिक स्थलको भ्रमणका लागि पनि लाखौंको संख्यामा भारतीय पर्यटक आउने गर्दछन्। यस क्षेत्रको मुख्य पर्यटकीय स्थल लुम्बिनी भ्रमणका लागि पर्यटकहरु आउने गर्दछन् भने यहाँको बेलहिया नाकाबाट नै दैनिक हजारौं पर्यटक मुलुकको विभिन्न पर्यटकीय स्थलमा जाने गर्दछन्। स्थलमार्गबाट मुलुकमा सबैभन्दा बढी रुपन्देही बेलहिया नाकाबाट पर्यटकहरु भित्रिने गर्दछन्।सरकारले नेपाल भारत सीमा खोल्न निर्णय गरेपछि भारतीय पर्यटकहरु नेपाल भ्रमणका लागि धमाधम होटलका कोठाहरु बुकिङ गरे पनि अहिले रद्द गर्ने थालेको अध्यक्ष शर्माले बताए। पर्यटकहरु नेपाल आउन चाहे पनि नाकाबारे अन्यौलताका कारण आउन सकेका छैनन्। पर्यटक नआउँदा पर्यटन व्यवसायको चलायमन हुन सकेको छैन।

‘सीमा खोल्ने सरकारको निर्णयपछि मुक्तिनाथ भ्रमणका लागि भारतीय पर्यटकले होटलका १४ वटा कोठा बुकिङ गरेका थिए’, गोल्ड होलिडे टुर एण्ड ट्राभल्सका संचालक समेत रहेका शर्माले भने, ‘तर, सीमा बन्दका कारण उनीहरुले पनि बुकिङ रद्द गर्ने अवस्था छ।’लकडाउनदेखि नै बन्द रहेको पर्यटक व्यवसाय संचालन आउन नसक्दा रोजगारमा रहेका हजारौं जना बेरोजगारकै अवस्थामा छन्। भारतीय पर्यटकलाई लक्षित गरी भैरहवा क्षेत्रमा संचालित पाँच तारे टाईगर प्यालेस रिसोर्ट पनि लकडाउनदेखि नै बन्द अवस्थामा छ। यस क्षेत्रमा संचालित क्यासिनोहरुबाट मुलुकमा दैनिक लाखौं रुपैयाँ भित्रिने गरे पनि बन्द नाकाका कारण त्यो रकम पनि गुम्दै आएको छ। क्यासिनोका लगभग सबै ग्राहक भारतीय हुन्। दैनिक सयौंको संख्या भारतीयहरु आउने गर्दछन्।‘लकडाउन भएयतादेखि होटल व्यवसाय ठप्प अवस्थामा छ’, सिद्धार्थ होटल एसोसियसनका कोषाध्यक्ष भोजेन्द्र खत्रीले भने, ‘अब पनि सीमा खोलेर पर्यटक नभित्रयाउने हो भने हामी बर्बाद हुन्छौँ।’

सीमाबाट सवारी साधनसहित सहज रुपमा पर्यटक भित्र्याएर पर्यटन व्यवसाय चलायामन गराउनु पर्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]