२५ फाल्गुण २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

गुल्मी – गुल्मीमा स्वस्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको एक वर्षमा यो कार्यक्रम प्रभावकारी भन्दै गएको हो । सरकारी अस्पतालमा उपचारमा कमै जानेहरु पनि स्वास्थ्य बिमा दाबिका लागि सरकारी अस्पतालमा जाने गरेका छन् ।

कोरोना महामारीको बीच पनि गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनेको छ । जिल्लामा एक वर्षको अवधिमा १७ हजार परिवारले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड गुल्मीका प्रमुख डिकेन्द्रबहादुर बिष्टले बताए ।स्वास्थ्य बिमा गर्न १ देखि ५ जना परिवारको लागि ३५ सय लाग्छ । ५ जनाको परिवार संख्याभन्दा बढी भएमा ७ सय लाग्ने स्वास्थ्य बिमा कार्यालय गुल्मीले जनाएको छ ।स्वास्थ्य बिमा लागू भएपछि गुल्मी अस्पतालमा सेवाग्राही को चाम लाग्ने गरेको गुल्मी अस्पतालमा सुपरिटेण्डेन्ट डा.उत्तम पच्याले बताए । दीर्घ रोगीका बिरामी दम, मधुमेह, लगाएका बिरामीलाई बिमाले सहज बनाएको डा. पच्याको भनाइ छ ।स्वास्थ्य बिमा कार्यक्रम आएपछि राम्रो र सहज भएको सेवाग्राहीको भनाइ छ । सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न बिमा कार्यक्रम ल्याएको हो ।

आर्थिक अभाव भोगिरहेका नागरिकलाई पनि सजिलैसँग स्वास्थ्य उपचार सेवाको पहुँचमा ल्याउनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]