०६ आषाढ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण ०८, २०७७

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि ललितपुर महानगरपालिकाले २० लाख सहयोग गरेको छ ।

रङ्गशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशन र महानगरपालिकाबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई २० लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।कार्यक्रममा प्रमुख महर्जनले रङ्गशाला निर्माणका लागि सबैको थोरैथोरै सहयोगले बल पुग्ने बताए । उहाँले सबैको हातेमालोबाट रङ्गशाला निर्माण हुनेमा विश्वस्त रहेको उल्लेख गरे । फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठ्यारो परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताए । रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुनेक्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लागि ऊर्जा थपिएको पनि उनले बताए ।

प्रदेश सरकारले बनायो प्रहरी चौकी ;
चितवनको रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा वाग्मती प्रदेश सरकारले प्रहरी चौकी निर्माण गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट गत आर्थिक वर्ष २०७६÷७७ मा विनियोजन गरिएको बजेटले सुविधायुक्त प्रहरी चौकी निर्माण गरिएको हो । निर्माण सम्पन्न भइसके पनि कोरोना भाइरस भाइरस सङ्क्रमणका कारण चौकीको भवन उद्घाटन गरिएको थिएन ।

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक विमला श्रेष्ठका अनुसार चौकी निर्माणमा कूल एक करोड ६२ लाख ५० हजार खर्च भएको छ । चौकीमा महिला र पुरुषको छुट्टाछुट्टै शौचालयसहित हिरासत कक्षसमेत रहेका छन् । सो नवनिर्मित भवनका एक कार्यक्रमका बीच वाग्मती प्रदेश प्रहरी कार्यालय हेटाँैडाका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले उद्घाटन गरे ।सो अवसरमा लामाले सुविधायुक्त भवन निर्माणपछि सहज र सरल किसिमले सेवा प्रवाह गर्न मद्दत पुग्ने बताए । भवन नहुँदा काममा अप्ठ्यारो हुन्छ, अब भवन सुविधायुक्त भयो लामाले भने, “जनताले प्रहरी रहेको अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्छ ।” केही प्रहरी स्वार्थका लागि मात्र काम गर्ने कहीँकतै आफूले पाएको भिन्दै लामाले समाजमा राम्रो परिचय बनाउने गरी काम गर्न मातहतका प्रहरीलाई उनले निर्देशन दिए । उहाँका अनुसार गत आर्थिक वर्षमा वाग्मती प्रदेशभर ४६ वटा प्रहरी एकाइ र चालू आर्थिक वर्षमा २१ वटा प्रहरी एकाइलाई सरकारले बजेट विनियोजन गरेको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरको मातहतमा रहेको सो चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जना प्रहरीको दरबन्दी रहेको छ ।

धान रोप्ने मेसिन हस्तान्तरण :
चितवनको खैरहनी र रत्ननगरका किसानलाई कृषिमन्त्री पद्मा अर्यालले चार चक्के धान रोप्ने दुई वटा मेसिन हस्तान्तरण गर्नुभएको छ । रत्ननगर नगरपालिका–६ बछ्यौली र खैरहनीको कुमरोजमा रहेको साना किसान सहकारी संस्थालाई मन्त्री अर्यालले सो मेसिन हस्तान्तरण गरेकी छन् । मेसिन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रीकरणका लागि किसानलाई मन्त्रालय जस्तोसुकै सहयोग गर्न तयार रहेको बताइन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत अनुदानमा ४१ लाख ८० हजार रुपैयाँमा दुई वटा मेसिन किनिएको आयोजनाका अधिकृत माधव पौडेलले बताउनुभयो । किसानले कुमरोज र बछ्यौलीमा सामुदायिकरुपमा धानखेती गर्दै आएका थिए । चितवनमा विसं २०४५ देखि साना किसान कार्यक्रम शुरु भएको थियो । रत्ननगर नगरपालिकाका तीन हजार १९२ घरधुरी साना किसानमा आबद्ध रहेका छन् । यस सहकारीले धानखेतीमा यान्त्रीकरणको प्रयोग र चक्लाबन्दीलाई विशेष प्राथमिकता दिएको छ ।

कम्पोष्टिङ करेसाबारी एवं कौसीखेती तालीम :
भरतपुरमा फोहर न्यूनीकरण तथा व्यवस्थापनका लागि कम्पोष्टिङ करेसाबारी एवं कौसीखेतीसम्बन्धी तालीम सम्पन्न भएको छ । नेपाल विकास समाज र भरतपुर महानगरपालिका वडा नं ५ को आयोजनामा गत बुधबारदेखि शुरु भएको दुईदिने फोहर व्यवस्थापनसम्बन्धी तालीम सम्पन्न भएको हो । तालीमको भरतपुर वडा नं ४ ले संयोजन गरेको थियो ।

नेपाल विकास समाज भरतपुर–५, विकासचोकमा आयोजित सो कार्यक्रममा भरतपुर– ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले फोहर व्यवस्थापन सबैको जिम्मेवार भएकाले हरेकले आफ्नोआफ्नो ठाउँबाट फोहरको उचित व्यवस्थापन तथा न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिए ।
यस्तै नेपाल विकास समाजका संस्थापक सदस्य कालिदास न्यौपानेले संस्थाको परिचय दिँदै २०७० सालदेखि नै निरन्तररुपमा समाजको हकहितका लागि लागिपरेको र हालसम्म सञ्चालित विभिन्न कार्यक्रमका बारेमा जानकारी दिए ।नेपाल विकास समाजद्वारा भरतपुर महानगरपालिका वडा नं १ देखि १० सम्म, २०७७ माघ–फागुनमा गरेको सर्वेक्षणअनुसार प्रत्येक दिनप्रति परिवार ५०० ग्राम फोहर उत्पादन हुने देखिएको छ । ती फोहरमा भान्छाबाट निस्कने फोहर र प्लाष्टिकजन्य फोहरको मात्रा सबैभन्दा बढी रहेको पाइएको नेपाल विकास समाजकी कार्यक्रम संयोजक सिम्रन काफ्लेले जानकारी दिइन्।

तालीममा भरतपुर–४ यज्ञपुरी टोल विकास संस्था र शिवघाट टोल विकास संस्थाबाट २० जना सहभागी भएका थिए । भरतपुर महानगरभित्रका १ देखि १० वडामा गरिएको घरेलु फोहर अवस्था चित्रणको अध्ययनको नतिजाका आधारमा र वडा नं ४ को समन्वयमा सहभागी छनोट गरिएको थियो ।

बालबालिकालाई शैक्षिक सामग्री वितरण :
राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का अवसरमा देवघाट गाउँपालिकाले बाल विकास केन्द्रका बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गरेको छ । सिटिहलमा भएको कार्यक्रममा देवघाट गाउँपालिकाभित्र रहेका ३७ वटा बाल विकास केन्द्रलाई ४०० थान कुसन र ७५ थान म्याट वितरण गरिएको देवघाट गाउँपालिकाका सूचना अधिकारी गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गलेश्वर आश्रम देवघाटका पिठाधीश स्वामी आत्मानन्द गिरीले देवघाट गाउँपालिकाको यस उदाहरणीय कार्यको प्रशंसा गरेका थिए । पिठाधीश गिरीले स्वार्थी नबनी संस्कारी बन्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]